सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतमा काेराेना सङ्क्रमितको संख्या ३ लाख ४३ हजार नाघ्यो, मृत्यु हुनेकाे संख्या १० हजारनजिक

काठमाडाैं । अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे भारत विश्वमा काेराेना संक्रमित देशकाे लहरमा चाैथाे स्थानमा छ । त्यहाँ पछिल्लो २४ घण्टाको अवधिमा १० हजार २४३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै देशभरी अहिलेसम्म सङ्क्रमितको संख्या ३ लाख ४३ हजार २६ पुगेकाे वर्ल्डाे मिटर्सले जनाएकाे छ । साेमबार बिहानसम्म भारतमा संक्रमितकाे संख्या ३ लाख १४ हजार ६८५ थियाे ।

त्यसैगरी भारतमा पछिल्लाे २४ घण्टामा काेराेनाभाइरसका कारण ३९५ जनकाे मृत्यु भएकाे छ । याेसँगै भारतमा काेराेनाभाइरसबाट मृत्यु हुनेकाे संख्या ९ हजार ९१५ जनाको पुगेकाे छ ।

अहिले भातरमा १ लाख ५२ हजार ७९१ जना सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी १ लाख ८० हजार ३२० जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म सवैभन्दा धेरै सङ्क्रमितको संख्या महाराष्ट्र प्रदेशमा रहेको छ । दोस्रो धेरै सङ्क्रमित रहेको तमिलनाडु प्रदेशमा रहेको मन्त्रालयले जनाएको छ ।

भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले सङ्क्रमितहरुको संख्या धेरै देखिँदै गएको अधिकारीहरुले बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »