सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतमा कोरोनाको भयावह,अहिले सम्मकै सर्वाधिक दैनिक मृत्युदर र संक्रमित थपीए

काठमाडाैँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले भयावह रूप लिएकाे भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या झन् बढ्दै गएकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डोमिटर्स डट इन्फोका अनुसार भारतमा शनिबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ४ हजार ९ सय ८० पुगेकाे छ भने कुल संक्रमित संख्या १ लाख ७३ हजार ४९१ पुगेकाे छ ।

संक्रमितमध्ये हाल ८२ हजार ६२७ मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । भारतमा अहिले ८५ हजार ८८४ जनामा कोरोना भाइरस सक्रिय छ । उनीहरू उपचाररत छन् ।

शुक्रबार एकै दिन हालसम्मकै सर्वाधिक संख्या काेराेना संक्रमित पुष्टि भएका छन् र मृत्यु हुनेकाे संख्या पनि हालसम्मकै अधिक रहेकाे छ । शुक्रबार मात्र त्यहाँ ८ हजार १०५ नयाँ संक्रमित फेला परेका छन्, काेराेनाबाट २६९ जनाकाे ज्यान गएकाे बताइएकाे छ। हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएपछि स्थिति नियन्त्रणबाहिर जाने चिन्ता थपिएकाे छ ।

भारतमा काेराेनाकाे उद्गम स्थल चीनमा भन्दा दाेब्बर बढी संक्रमित भएका छन् ।त्यहाँ अहिले कोरोना संक्रमित देशकाे लहरमा विश्वकै नवाैँ स्थानमा रहेकाे छ । भारतको गृह मन्त्रालयले संक्रमण राेक्न भन्दै गत २४ मार्चदेखि लागू गरिएको लकडाउनकाे अवधि ३१ (भाेलि) सकिँदै छ । लकडाउनले पनि संक्रमण फैलिनबाट राेक्न नसकेपछि भारतले अब के गर्छ भन्ने अहिलेको चासाेकाे विषय बनेकाे छ

भर्खरै

सम्बन्धित खबर

Language »