सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतमा कोरोनाबाट एकै दिन २ हजार भन्दा बढीको मृत्यु,३ लाख ५४ हजार कुल संक्रमित

काठमाण्डौ । भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण पहिलो चोटि एकै दिन २,००० जनाभन्दा बढीको मृत्यु भएको छ।

गएको २४ घण्टामा भारतमा २,००३ जनाको मृत्यु भएको हो । भारतमा सङ्क्रमितको कुल सङ्ख्या ३,५४,००० नाघेको छ । तीमध्ये ११,९०३ जनाको मृत्यु भएको र झन्डै १८७,००० जना भाइरसमुक्त भएको भारत सरकारले पुष्टि गरेको छ।

भारतमा कोरोनाभाइरस सङ्क्रमण बढ्ने क्रममा छ। अमेरिका, ब्रजिल, र रुसपछि भारतमा सर्वाधिक सङ्ख्यामा सङ्क्रमण देखिएको छ।

अहिले भारतमा कोरोनाभाइरस नियन्त्रण गर्ने उद्देश्यले हप्तौँ लगाइएको लकडाउन केही खुकुलो बनाइएको छ । प्रतिबन्धहरू खुकुलो पारिँदा सङ्क्रमण नियन्त्रण गर्न गाह्रो हुने आशङ्का विज्ञहरूको छ।

बुधवार प्रकाशित तथ्याङ्कममा अहिले भारतभरि १,५५,०० भन्दा बढी मानिसमा सक्रिय सङ्क्रमण छ।महाराष्ट्र राज्यमा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला परेका छन्। त्यहाँ १,१३,००० भन्दा बढी मानिसमा कोभिड-१९ पुष्टि भएको छ।

अहिलेसम्म देशभरि ९०७ वटा प्रयोगशालाबाट ५९ लाखवटाभन्दा बढी परीक्षण गरिएको सरकारको भनाइ छ।

भर्खरै

सम्बन्धित खबर

Language »