सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८२४ पुग्यो,२६ हजारभन्दा बढी संक्रमित

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या आठ सय २४ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४९ जनाको यो भाइरसको कारण मृत्यु भएको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि २६ हजार चार सय ९६ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई हजार दुई सय नयाँ संक्रमित थपिएका छन् ।

भारतको उत्तर प्रदेशमा अहिलेसम्म एक हजार सात सय ९३ जनामा यो भाइरसको संक्रमण देखिँदा २७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै बिहारमा दुई सय ४३ जनामा यो भाइरसको संक्रमण देखिएको छ भने दुई जनाको मृत्यु भएको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण तीन सय २३ जना मानिसको मृत्यु भइसकेको छ भने सात हजार ६ सय २८ जना संक्रमित भइसकेका छन् । त्यस्तै गुजरातमा अहिलेसम्म एक सय ३३ जनाको मृत्यु भइसकेको छ । मध्यप्रदेशमा पनि ९९ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा पाँच हजार आठ सय चार जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »