सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतमा कोरोनाबाट संक्रमित संख्या १ लाख ५० हजार नाघ्याे,४ हजार बढीको मृत्यु

काठमाडाैं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले भयावह रूप लिएकाे भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या झन् झन् बढ्दै गएकाे छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा बुधबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ४ हजार ३४४ पुगेकाे छ भने संक्रमितकाे संख्या १ लाख ५० हजार ७५३ पुगेकाे छ । मंगलबार मात्र भारतमा काेराेना संक्रमणबाट १७२ जनाकाे ज्यान गएकाे छ ।

भारतमा मंगलबार एकैदिनमा ५ हजार ८४३ नयाँ संक्रमित थपिएका छन् । साेमबार भने ६ हजार ४ सय १४ नयाँ संक्रमित थपिएका थिए । कुल संक्रमितमध्ये हालसम्म ६४ हजार २७७ मानिस उपचारपछि निको भएर घर फिर्किएका छन् । भारतमा अहिले ८२ हजारभन्दा बढीमा कोरोना भाइरस सक्रिय रहेकाे छ । तीमध्ये ८ हजार ९४४ काे अवस्था गम्भीर रहेकाे बताइएकाे छ ।

भरतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेकाे छ । लगभग देशैभर संक्रमण फैलिसकेकाे भारतले अब अर्थतन्त्र बचाउन लकडाउन खुकुलाे पार्न थालेकाे छ । त्यहाँ रेल, सार्वजिनक यातायात र अान्तरिक विमानहरू खुलिसेकाे बताइएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »