सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतमा कोरोनाबाट ८ हजार बढीको मृत्यु, १ लाख ४० हजारले कोरोना जिते

काठमाडाैं । एसियाकै महामारी केन्द्र बनिरहेकाे भारत अहिले विश्वमा काेराेना संक्रमित देशकाे लहरमा छैटाैँ स्थानमा छ । याे समाचार तयार पार्दासम्म भारतमा कुल सङ्क्रमितको संख्या २ लाख ८७ हजार १५५ पुगेकाे वर्ल्डाे मिटर्सकाे तथ्यांकले जनाएकाे छ । साथै त्यहाँ काेराेनाभाइरसबाट मृत्यु हुनेकाे संख्या ८ हजार १०७ पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा मात्रै भारतमा काेराेनाभाइरसका कारण ३८८ जनकाे मृत्यु भएकाे छ । काेराेना संक्रमणबाट भारतमा दैनिक मृत्यु हुनेमा याे नै हालसम्मकाे बढी संख्या हाे ।

अहिले भातरमा १ लाख ३८ हजारभन्दा बढी मानिस सङ्क्रमित अवस्थामै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी १ लाख ४० हजार ९८९ जना भने सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् । बुधबार एकै दिन ६ हजार ८१४ जना निकाे भएर घर फर्किएकाे बताइएकाे छ ।

भारतमा बुधबार मात्रै १२ हजार ३७५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका छन् । याे भारतमा हालसम्मकै सर्वाधिक दैनिक संक्रमित संख्या हाे । मंगलबार त्यहाँ १० हजार २१८ जना नयाँ संक्रमित फेला परेका थिए ।

त्यहाँ पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले सङ्क्रमितहरुको संख्या धेरै देखिदै गएको अधिकारीहरुले बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »