सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतमा कोरोना संक्रमितको संख्या दुई लाख ५७ हजार नाघ्याे, ७ हजार बढीको मृत्यु

काठमाडाैं । अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे भारत विश्वमा काेराेना संक्रमित देशकाे लहरमा छैटाैँ स्थानमा छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।

भारत अहिलेसम्म सङ्क्रमितको संख्या दुई लाख ५७ हजार ४८६ पुगेको वर्ल्डाे मिटर्सले जनाएकाे छ । त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर भारतमा अहिलेसम्म ७ हजार २०७ जनाको मृत्यु भइसकेको छ । देशभरी अहिले पनि १ लाख २६ हजार ८४८ जना सङ्क्रमित अवस्था मै रहेका छन् । त्यसैगरी १ लाख २६ हजार ४३१ जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा सङ्क्रमित भएकाहरुको दैनिक संख्या मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन् । भारतमा पछिल्लो २४ घण्टाको अवधिमा १० हजार ८६४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने २६१ जनाकाे मृत्यु भएकाे छ ।

भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले सङ्क्रमितहरुको संख्या धेरै देखिदै गएको अधिकारीहरुले बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »