सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतमा कोरोना संक्रमितको संख्या ४ लाख नजिक,१२ हजार बढिको मृत्यु

काठमाडौं । भारतमा कोरोना संक्रमित संख्या चार लाखको नजिक पुगेको छ । हिन्दुस्तान टाइम्समा प्रकाशित अनुसार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ १४ हजार ५ सय १६ नयाँ संक्रमित फेला परेका छन्।

यो भारतमा देखिएको हालसम्मकै उच्च दैनिक वृद्धि हो। संक्रमित भेटिएकामध्ये धेरै संक्रमित महाराष्ट्र, तमिल नाडु र राजधानी दिल्ली रहेको पाइएको छ।

त्यहाँ कोरोना भाइरस संक्रमितको कुल संख्या ३ लाख ९५ हजार नाघेको छ ।यस्तै मृतक संख्या १२ हजार ९ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ।

यसैबीच इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च(आइएमसिआर)ले भारतीय राज्यहरूलाई कोरोना परीक्षण क्षमता बढाउन भनेको छ। उसले संक्रमणको प्रारम्भिक पहिचान र रोकथामको क्षमता बढाउन सुझाव पनी उनीहरूलाई दिएको छ।

यसैगरी पछिल्लो विश्व विवरण अनुसार विश्वमा संक्रमित संख्या ८६ लाख ३७ हजार ९ सय १ पुगेको छ।

यसमा अमेरिकामा सबैभन्दा बढी २२ लाख १९ हजार १ सय १९ संक्रमित रहेका छन्।

यस्तै विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख ५९ हजार नाघिसकेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »