सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतमा कोरोना : सङ्क्रमितको संख्या दुई लाख १६ हजार,६ हजार बढीको मृत्यु

काठमाडाैं। भारत अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे छ । एसियाली देशहरूमा सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।

वर्ल्डाे मिटर्सका अनुसार भारतमा अहिलेसम्म सङ्क्रमितको संख्या दुई लाख १६ हजार ८२४ पुगेको छ। त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म ६ हजार ८८ जनाको मृत्यु भइसकेको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा सङ्क्रमित भएकाहरुको दैनिक संख्या मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन् । भारतमा पछिल्लो २४ घण्टाको अवधिमा ९ हजार ६३३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने २५९ जनाकाे मृत्यु भएकाे छ ।

त्यहाँ अहिले पनि एक लाख छ हजार ६६५ जना सङ्क्रमित अवस्था मै रहेका छन् । त्यसैगरी एक लाख चार हजार ७१ जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले सङ्क्रमितहरुको संख्या धेरै देखिदै गएको अधिकारीहरुले बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »