सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतमा ज्यान गुमाउनेको संख्या ३ हजार नाघ्यो, ९५ हजार बढी संक्रमित

काठमाडौं। भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भारतमा झनै बढ्दै गएको छ । त्यहाँ आइतबार हालसम्मकै बढी ५ हजार नयाँ संक्रमित थपिएका छन् ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९५ हजार ६९८ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । जसमा आइतबार मात्र ५ हजार ५० नयाँ संक्रमित फेला परेका छन् ।

भारतले शुक्रबारबाटै कोरोना संक्रमणको सुरुवाती केन्द्र चीनलाइ उछिनेको थियो । शनिबार पनि भारतमा ४ हजार ८६४ नयाँ संक्रमित थपिएका थिए भने शुक्रबार ३ हजार ७ सय ८७ नयाँ संक्रमित थपिएका थिए ।

भारतमा हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ हजार २५ पुगेको छ । त्यहाँ आइतबार मात्र कोरोना संक्रमणबाट १५४ को ज्यान गएको छ । शनिबार ११८ को ज्यान गएको थियो भने शुक्रबार त्यहाँ १०४ जनाको मृत्यु भएको थियो ।

संक्रमितमध्ये भारतमा ३६ हजारभन्दा बढी मानिस उपचारपछि निको भएर घर फिर्किएका छन् । भारतमा अहिले ५५ हजार ८ सयभन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । उनीहरु उपचाररत छन् ।

भारतमा कोरोना संक्रमण व्यापक बन्दै गएसँगै भारत सरकारले पुनः लकडाउनको अवधि २ सातासम्म बढाएको छ । भारतको गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकडाउनलाई ३१ मेसम्म जारी राख्ने निर्णय गरेको छ ।

यससँगै नेपालमा पनि खतरा बढेको छ । नेपालमा पछिल्लो समय देखिएका अधिकांश कोरोना बिरामी कुनै न कुनै रूपले भारतसँग सम्बन्धित छन् ।नेपालसँग खुला सीमाना भएका कारण भारतबाट लुकीछिपी आउनेहरुका कारण कोरोना संक्रमणको खतरा बढेको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »