सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतमा मे १७ सम्म लकडाउन लम्ब्याउने निर्णय

काठमाडौं। भारत सरकारले लकडाउन मे १७ सम्म लम्ब्याएको छ। भारतले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ सम्म लम्ब्याउने निर्णय गरेको छ । शुक्रबार भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको बताएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २४ तारिखका दिन लकडाउन मे ३ सम्मका लागि लकडाउन घोषणा गरेका थिए । योसँगै भारतमा मे १७सम्म लकडाउने हुने भएको छ । त्यहाको गृह मन्त्रालयले कोभिड विरुद्ध निर्देशिका जारी गर्दै लकडाउन उल्लंघन नगर्न सबै नागरिकलाई सूचित गरेको छ ।

लकडाउन लम्बाइएपनि पहिले जस्तो कडा नहुने गृह मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण देखिएको ठाउँमा कडा हुने अन्य क्षेत्रहरुमा लकडाउन केही खुकुलो हुने भारतको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लकडाउन कडा बनाउने या खुकुलो बनाउने भन्‍ने विषयमा सम्बन्धित जिल्लाहरुमा देखिएको कोरोना संक्रमितका बिरामीहरुको आधारमा गरिने भारत सरकारले जनाएको छ ।मन्त्रालयका अनुसार यसपटक बढाइएको लकडाउनको अवधिमा मुलुकको ‘रेड जोन’मा रहेका एक सय ३० जिल्लामा कुनै छुट दिइने छैन ।

भारतले कोरोना जोखिमलाई हेरेर जिल्लाहरुलाई हरियो,रातो र सुन्तला रंगमा वर्गीकरण गरेको छ । कोरोना संक्रमित नभेटिएका,२१ दिनयता कसैमा पनि संक्रमण नदेखिएको जिल्लालाई हरियोमा वर्गीकरण गरेको छ । यस्तै,संक्रमितहरु देखिएको जिल्लालाई रातोमा वर्गीकरण गरिएको छ । यस्तै हरियो वा रातोमा वर्गीकरण नगरिएका जिल्लालाई सुन्तला रंगमा वर्गीकरण गरिएको छ ।

‘सुन्तला’ र ‘हरियो’ रहेका जिल्लाहरुलाई भने केही छुट दिइनेछ । दिल्ली, मुम्बई, पुने, अहमदावाद, हैदरावाद, लखनऊ, इन्दोर र जयपुरजस्ता क्षेत्र ‘रातो ’रंगमा परेका छन् । साथै उत्तर प्रदेशको १९ जिल्लालाई पनि ‘ रातो’ रंग घोषणा गरिएको छ ।

भारतको गृह मन्त्रालयले जिल्लाको वर्गीकरण हरेक हप्ता गरिरहेको जनाएको छ । यसैको आधारमा लकडाउन खुकुलो,प्रभावकारी बनाउने विषयमा गृह मन्त्रालयले निर्धारण गर्ने बताइएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ ३५ हजार भन्दा बढीमा नोवल कोरोना भाइरस संक्रमण देखिएको छ । उनीहरू मध्ये ९ हजार जना निको भइसकेका छन् भने एक हजार १५२ जनाको ज्यान गएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »