सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतमा सङ्क्रमितको संख्या २ लाख ४६ हजार, करिब ७ हजारको मृत्यु

काठमाडाैं । विश्वमा काेराेना संक्रमित देशकाे लहरमा छैटाैँ स्थानमा उक्लिएकाे भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेकाे संख्या झनै बढ्दै गइरहेकाे छ । शनिबार त्यहाँ हालसम्मकै बढी दैनिक संक्रमित पुष्टि भएकाे छ ।

अहिलेसम्म भारतमा कुल सङ्क्रमितको संख्या २ लाख ४६ हजार ६२२ पुगेको वर्ल्डाे मिटर्सले जनाएकाे छ । त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर भारतमा अहिलेसम्म ६ हजार ९४६ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लाे तथ्यांकअनुसार भारतमा अहिले पनि १ लाख २० हजारभन्दा बढी मानिस सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी १ लाख १८ हजारभन्दा बढी मानिस सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् ।

शनिबार भारतमा २९७ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे छ । याे भारतमा अहिलेसम्मकै बढी दैनिक मृत्यु हाे । शुक्रबार पनि त्यहाँ २८६ जनाकाे ज्यान गएकाे थियाे ।

पछिल्लाे तथ्यांकअनुसार भारतमा अहिले पनि १ लाख २० हजारभन्दा बढी मानिस सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी १ लाख १८ हजारभन्दा बढी मानिस सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् ।

भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउँदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले सङ्क्रमितहरुको संख्या धेरै देखिँदै गएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »