सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतमा हालसम्मकै बढी संक्रमित थपिए, एकै दिन ४० हजारमा कोरोना पुष्टि

काठमाडौं /०५ साउन ।
भारतमा हालसम्मकै बढी कोरोना संक्रमित थपिएका छन्। गएको २४ घण्टामा भारतमा ४० हजारभन्दा बढीमा कोरोना पुष्टि भएको हो।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा एकैदिन ४० हजार ४२५ संक्रमित थपिएका हुन्।

यससँगै भारतमा कोरोना संक्रमितको संख्या ११ लाख १८ हजारभन्दा बढी पुगेको छ। संक्रमितमध्ये हालसम्म २७ हजार ४९७ को मृत्यु भइसकेको छ।

मन्त्रालयका अनुसार हालसम्म संक्रमितमध्ये ७ लाख निको भइसकेका छन्। हाल भारत विश्वमा कोरोनाले प्रभावित तेस्रो राष्ट्र हो।

भारतभन्दा बढी प्रभावित अमेरिकामा ३८ लाखभन्दा बढीमा कोरोना पुष्टि भएको छ भने ब्राजिलमा २० हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »