सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतमा ४ लाख ४० हजार कोरोना संक्रमित, १४ हजार वढीको मृत्यु

काठमाडौं / असार ९

भारतमा कोरोना संक्रमितको संख्या ४ लाख ४० हजार नाघेको छ । कोरोना संक्रमणका कारण भारतमा हालसम्म १४ हजार १५ जनाको मृत्यु भइसकेको वर्ल्ड मीटरले जनाएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ५ सय ४० नयाँ सक्रमित भेटिए भने ३ सय १२ जनाले ज्यान गुमाए । विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा चौथौ स्थानमा रहेको भारतमा २ लाख ४८ हजार वढी कोरोनाबाट निको भएका छन् ।

भारत विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा चौथौ स्थानमा छ । अमेरिका, ब्राजिल र रुस पछि सबैभन्दा धेरै संक्रमित हुनेको संख्या भारतमा रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »