सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतले सीमा क्षेत्रमा बनाएको बाँध तत्काल हटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं / २९ असार ।
संसदीय समितिले सीमा नजिक बनेका सडक, बाँध, तटबन्ध लगायतका भौतिक संरचनाहरु तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अन्तर्राष्ट्रिय मापदण्ड विपरित सीमा नजिकैका क्षेत्रहरुमा निर्माण भएका सडक, बाँध, तटबन्ध लगायतका भौतिक संरचनाहरुलाई तत्काल हटाउन पहल गर्न नेपाल सकरार गृह मन्त्रालयलाई निर्देशन दिएको हो।

समितिले भू–बनोटको जाँच गरी उच्च जोखिममा रहेका बस्तीहरुलाई अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गर्न समेत निर्देशन दिएको छ। यस्तै डुवानमुक्त घरको नमुना तयार गरी एकीकृत वस्ती बसाल्न आवस्यक व्यवस्था गर्न निर्देशन दिइएको सभापति श्रेष्ठले बताइन्।

बाढी पहिरो र डुबानबाट प्रभावितहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी समाधानका लागि कार्ययोजना वा गुरुयोजना तयार गर्न समेत निर्देशन दिएको छ। समितिले बाढी पहिरो र डुबानबाट पर्न सक्ने असरलाई तत्काल व्यवस्थित गर्न स्थानीय तहमा श्रोत साधन सहितको विपद व्यवस्थापन कार्यालयको स्थापना गर्न समेत निर्देशन दिएको छ।

बाढी पहिरो र डुबानबाट वेपत्ता भएकाहरुको तत्काल खोजी, उद्धार गर्ने र बाढीबाट प्रभावित सम्पूर्ण पीडितहरुलाई विभिन्न तहहरुको समन्वयद्धारा एकद्धार प्रणालीमार्फत राहत उपलब्ध गराउन समेत निर्देशन दिएको छ।

यस्तै नेपालमा बन्दै गरेका लोकमार्गको बैज्ञानिक व्यवस्थापन गरी राजमार्ग जोड्ने सडकहरु, पानीधारलाई समानान्तर बनाउने, रेलमार्ग तथा सडकमा निश्चित दुरीमा पानीको निकासका लागि साइफन कलभर्ट र सडक किनारमा नालाहरु अनिवार्य बनाउने व्यवस्था गर्न समेत निर्देशन दिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »