सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतीय मिडियाले प्रधानमन्त्री विरुद्ध समाचार प्रशारण गरेकोमा नेपाल सरकारको आपत्ति

काठमाडौँ / २५ असार
नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भारतीय सञ्चार माध्यमले प्रकाशन प्रशारण गरेका आधारहीन निम्न स्तरका प्रचारप्रति सरकारले आपत्ति जनाएको छ।

नेपालले लिम्पियाधुरासहितको भुभाग समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालविरुद्ध काल्पिक सामाग्री बनाएर खनिएका भारतीय सञ्चार माध्यमले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र चीनसँगको सम्बन्धबारे आपत्ति जनक विषय वस्तु पस्किरहेका छन्।

त्यसप्रति आपत्ति जनाउँदै सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडाले स्वदेशी वा विदेश सबै सञ्चार माध्यमले सत्यमा आधारित हुुनुपर्ने बताउँदै सरकारले राजनीतिक कानुनी उपचार खोज्ने बताएका हुन्।

पत्रकारले खतिवडालाई नेपालका प्रधानमन्त्रीबारे भारतीय मिडियाले गरेको दुष्प्रचारका विषयमा प्रश्न गरेका थिए । भारतीय टिभी च्यानललाई रोक लगाउनुपर्ने आवाज उठिरहेको छ, सरकारले के गर्छ भन्ने प्रश्नमा मन्त्री खतिवडाले यस्तो जवाफ दिए ।

‘सञ्चारमाध्यमहरु, चाहे नेपालका हुन् वा विदेशी, सबैले स्वच्छ, स्वस्थ र पारदर्शी ढंगले समाचार सम्प्रेषण गर्नुपर्छ भन्ने मान्यता हाम्रो छ । दुर्भावना फैलाउने, चरित्र हत्या गर्ने, मानमर्दन गर्ने समाचार तथा विश्लेषणको सरकार भर्त्सना गर्छ । सरकारले मिडियालाई प्रतिवन्ध लगाउनुभन्दा आफू अनुशासनमा बसोस् भन्ने चाहेको छ । कुटनीतिक माध्यमको पनि परिचालन गर्नुपर्ने हुन्छ ।’

पछिल्ला दिनमा नेपालका विषयस्तुलाई लिएर भारतीय सञ्चार माध्यम हेरि नसक्नुभएको भन्दै नेपालमा चौतर्फी विरोध सुरु भएको छ। टाइम्स अफ इन्डियाले प्रधानमन्त्री ओलीको टाउको जनावरसँग जोडेर आपत्तिजनक स्केच प्रकाशित गरेको छ।

त्यस्तै मंगलबार बिहार झारखण्ड टेलिभिजनले त प्रधानमन्त्री ओलीलाई चिनियाँ राजदूत यान्छीसँग प्रेम जालमा परेको भन्दै भिडियो रिपोर्ट प्रशारण गरेको छ।

त्यसप्रति प्रधानमन्त्री ओलीका सचिवालयमा रहेका व्यक्ति, विभिन्न दलका नेता एवं पत्रकार महासंघले पनि आपत्ति जनाएको छ। बिहीबार बिहान नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमलाई बकबास बन्द गर्न आग्रह गरेका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »