सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतीय राजदूत श्रीवास्तव नेपालगञ्जमा


नेपालगञ्ज , नेपालमा भारतका महामहिम राजदुत नविन श्रीवास्तव आज नेपालगञ्जकाे फत्तेबाल आँखा अस्पतालकाे निरिक्षण गर्नु भएकाे छ ।
फत्तेबाल आँखा अस्पतालमा भारतीय दुतावासकाे आर्थिक अनुदानमा निर्माण भएकाे डाक्टर क्वाटर, शल्यक्रिया भवन र अन्तरंग विभाग लगायत अस्पताल भवनकाे निरिक्षण गर्नु भएकाे छ । भारतीय दुतावासले फत्तेबाल अस्पतालमा पटक पटक अनुदान सहयाेग गर्दै आएकाे छ ।


निरिक्षणका क्रममा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट, फत्तेबाल आँखा अस्पतालका अध्यक्ष रतनकुमार टण्डन, प्रबन्ध निर्देशक डाक्टर काैशल कुमार वर्मा, नेपाल भारत मैत्री संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शुष्मा शर्मा, बाँके जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चाैधरी राष्ट्रिय भुमि आयोग बाँकेका अध्यक्ष श्रवण कुमार यादव, अमर खड्का, चेतकान्त भट्टराई, अस्पताल सञ्चालक समितिका पदाधिकारी, डाक्टर, अस्पतालका आजीवन सदस्यहरु तथा नेपाल भारत मैत्री संघका पदाधिकारी लगायत समाजसेवीहरुकाे उपस्थिति रहेकाे थियाे ।


राजदुत श्रीवास्तव फत्तेबाल आँखा अस्पतालका अतिरिक्त धम्बाेझी मावि, महेन्द्र बहुमुखी क्याम्पसकाे निरिक्षणका साथै बागेश्वरी मन्दिरकाे दर्शन गरि आजै जमुनहा हुँदै लखनऊ प्रस्थान गरेका छन् ।
भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका श्रीवास्तवले यस अघि पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीचको झडपपछिको तनाव समाधानका लागि विशेष पहल गरेका थिए ।


चीन विशेषज्ञ श्रीवास्ताव यस अघि भारतीय विदेश मन्त्रालयमा अतिरिक्त सचिव (पूर्वी एसिया) को रुपमा कार्यरत थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »