सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारत अहिलेसम्म ३५ सयको मृत्यु,एकैदिन ६ हजारभन्दा बढी संक्रमित थपिए

काठमाडाैँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले भयावह रूप लिएकाे भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या झन् बढ्दै गएकाे छ । त्यहाँ बिहीबार एकैदिनमा हालसम्मकै बढी ६ हजार १९८ जना नयाँ संक्रमित थपिएका छन् ।

यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख १८ हजार २२६ पुगेकाे वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । यसअघि मंगलबार एकैदिनमा ६ हजार १४७ नयाँ संक्रमित थपिएका थिए । बुधबार भने ५ हजार ५५३ नयाँ संक्रमित फेला परेका थिए ।

भारतमा हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५८४ पुगेको छ । त्यहाँ बिहीबार मात्र कोरोना संक्रमणबाट १५० जनाकाे ज्यान गएकाे छ । यसअघि मंगलबार पनि १४६ जनाकाे ज्यान गएकाे थियाे भने बुधबार १३२ जनाकाे मृत्यु भयाे ।

हालसम्म भारतमा संक्रमितमध्ये ४८ हजारभन्दा बढी मानिस उपचारपछि निको भएर घर फिर्किएका छन् । भारतमा अहिले ६६ हजारभन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । उनीहरु उपचाररत छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »