सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भिड जम्मा भएर होली खेल्न निषेध

काठमाडाैँ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालय, काठमाडौंले भिड जम्मा भएर होली खेल्न निषेध गर्ने भएको छ भने औपचारिक कार्यक्रमका लागि अनिश्चितकालसम्मका लागि स्वीकृति नदिने भएको छ ।

जिल्ला सुरक्षा समन्वय समितिको बुधबार दिउँसो बसेको बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरेर यो निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार पूर्वस्वीकृति लिइएका कार्यक्रमलाई पनि रद्द गर्न अनुरोध गर्ने निर्णय भएको छ ।

‘छिमेकी राष्ट्र चीन हुँदै विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य संगठनबाट प्रतिक्रिया व्यक्त भइसकेको छ’,प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल जानकारी दिनुभयाे । ‘नेपाल सरकारले समेत यसको संक्रमणबाट जोगिन सचेतना अपनाउनुका साथै भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलन जस्ता कार्यक्रमहरु नगर्न अनुरोध गरिसकेको सन्दर्भमा यो निर्णय भएको हो ।’

भर्खरै

सम्बन्धित खबर

Language »