सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भुमी समस्या समाधान उच्चस्तरीय आयोगको सदस्यमा दिनेश चन्द्र यादव चयन

नेपालगन्ज,नेपाल सरकारले बाँकेको दिनेश चन्द्र यादव केन्द्रीय भुमी समस्या समाधान उच्चस्तरीय आयोगको सदस्यमा चयन हुनु भएको छ ।

उहाँका सहयोगी कैलाश यादवले दिएको जानकारी अनुसार यादवलाई नेपाल सरकारले सदस्यमा चयन गरेको बताउनु भएको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को निर्णयले चितवनका देवी ज्ञवालीको अध्यक्षमा प्रत्येक प्रदेशबाट एकजनाको प्रतिनिधित्व रहने गरी १३ सदसीय आयोग गठन हुने छ ।

हाल ५ सदसीय आयोग गठन भएको छ भने बाँकी ७ प्रदेश र मन्त्रालयका सहसचिव सदस्य सचिब रहने व्यवस्था छ ।


साविक नेकपा एमालेबाट बाँके जिल्लाबाट संविधान सभा सदस्यमा निर्वाचित यादव यस भन्दा पहिले खानेपानी तथा सरसफाई राज्य मन्त्री समेतको जिम्मेवारी सम्हालि सक्नु भएको छ ।


हाल उहाँ नेकपाको केन्द्रीय कमिटि सदस्य समेत रहनु भएका यादवलाई नेकपा बाँके जिल्लाको इन्चार्जको जिम्मेवारी समेत रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »