सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भु-माफीयाको निशानामा परेका सार्वजानिक जग्गा खोज्दै युवाहरु

काठमाडौं । पछिल्लो समय नेपालको मात्र नभएर अन्तराष्ट्रिय जगतको समेत ब्यापारीक गनतब्य बन्दै गईरहेको काठमाडौंका जग्गा घडेरीका रुपमा अत्यधिक महंगो मुल्यमा बिक्रीहुन थालेपछि यहाँ रहेका सार्वजानिक जग्गा,राजकुलो,खोला,बन लाई मिचेर निजि सम्पतिको रुपमा प्रयोग तथा बिक्रीबितरण हुन थालेका छन् ।

यस्तै जग्गा प्लटिङ्ग गरेर बेच्ने उदेश्यले सार्वजानिक जग्गालाई बाटोको रुपमा प्रयोग गरी महंगो मूल्यमा बेच्न लागिएको काठमडौं महानगरपालिका वडा नं १६ बालाजू खरीवोटको सार्वजानिक जग्गामा स्थानिय युवा तथा सामाजिक संघ सस्थाको पहलमा सो जग्गा सार्वजानिक भएको तथ्य खुल्ने नक्सा,लालपुर्जा सहितको बोर्ड राखि तारबार गरी संरक्षण गर्नेकार्यको आज शूरुवात भएको छ ।

सो स्थानमा जग्गा ब्यपारी रत्न श्रेष्ठ(कुवेर)ले केहि जग्गा प्लटिङ्ग गरेर बिक्री गर्नेक्रममा सार्वजानिक जग्गालाई बाटोको रुपमा प्रयोग गरी सस्तोमा जग्गा किनेर महंगोमा बेचेको आरोप स्थानियले लगाएका छन्। ब्यक्तिगत रुपमा पैसा कमाउन सार्वजानिक सम्पतिको दुरुपयोग गर्नु गैरकानुनि भएकोले स्थानियले कार्वाहिको समेत माग गरेका थिए।

सार्वजानिक जग्गा संरक्षण संयोजन समिति का संयोजक तथा बनस्थली युथ सर्कलका अध्यक्ष सुदन रेग्मी को शभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि वडाका जन प्रतिनिधि जिवन मानन्धर रहनु भएको थियो ।

कार्यक्रममा प्रगतिशिल नागरिक मञ्चका अध्यक्ष रबिन्द्र कुमार श्रेष्ठ लगायत  दिलिप वन्त,चेतबहादुर बोहोरा,शोभा बोहोरा,उपेन्द्र श्रेष्ठ,शिव कुमार बोहोरा,अर्जुन थापा,रणेन्द्र महत,निलकण्ठ महत,दिपेश बोहोरा,श्याम थापा,प्रकाश बलामीको आतिथ्य रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मानन्धरले सामाजिक कार्यमा लाग्ने जो कोहिलाई पनि आफ्नो सपोर्ट र समर्थन रहने भन्दै यस्ता काममा डर धम्कि र प्रलोभन समेत आउन सक्ने भएकोले अलिकति पनि नडगमगाई निरन्तर खबरदारी गरीरहन यूवाहरुलाई प्रोत्साहन दिँदै सार्वजानिक जग्गा संरक्षणको ​कामको लागि आगामि बजेटमा पहल गर्ने बताउनु भयो ।

का.म.पा. १६ वडा अन्तरगत बालाजु बोहोराटार खरिबोट स्थित माईक्रो बसपार्क संगै रहेको साबिक वडा नं ३ क कित्ता नं ६७ र ३४६ हाल सिट नं १०२–१०२३–०२ कित्ता नं ६०९ संग जोडिएको  जग्गा हरु कित्ता नं ६१०,६१९,९४,८२६,८०९र ८१२ सार्वजानिक जग्गा भित्र पर्ने भएकोले संरक्षण गरिपाउँ भनि बनस्थली युथ सर्कलको सकृयतामा का.म.पा. १६ वडा, कामपा न्यायीक समिति ,भुमिसुधार तथा मालपोत कार्यलय ,जिल्ला प्रशासन कार्यलय काठमाडौं ,महानगरिय प्रहरी परिसर ,महानगरीय प्रहरी वृत बालाजु लगायत संबन्धित निकायमा जानकारी तथा सिफारीस समेत भई आएकोले स्थानिय स्तरमा सकृय भुमिका निर्वाह गरीरहेका संघ संस्था हरु को सहकार्यमा यो कार्यगर्न सम्भव भएको  कार्यक्रमका संयोजक सुदिन रेग्मीले बताउनु भयो।

त्यस ठाउँमा पहिला खोला तथा गाउँलेले पूजागर्ने ठाउँ रहेको र कालन्तरमा सबै मासेर हाल निजि बनाउन लागिएकोमा स्थानिय वृद्ध हरुले चिन्ता ब्यक्त गरेका थिए।

त्यहाँ मात्र नभएर संपुर्ण उपत्यकाको सार्वजानिक जग्गाको खोजि गर्न युवाहरु लाग्नु पर्नेमा सबैले ध्यान केन्द्रित गराएका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »