सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भूत वंगाला भयो ठमेल

कबिता

बिमन लिम्बू

कुनै बेला ठमेलमा हिड्न पनि गाह्रो

कोरोनाले बिगारेको व्यावसाय साह्रो ।

आकाश छुने भवनहरु भूत बंगला भए

ठमेल घुम्न आउनेहरु अहिले कता गए ?

पिज्जा खान्थे बर्गर खान्थे पिउथे वियर पनि

कोहि खान्थे दालभात मीठो भनि भनि ।

कोहि पिउँथे चिया कफि कोहि कोका कोला

अब फेरि त्यस्ता दिन कहिले आउँछ होला ?!

कोहि आउँथे हिंड्दै डुल्दै कोहि ट्याक्सी रोक्थे

कोहि चड्थे रिक्सा बाइक कोहि मादल ठोक्थे ।

पर्यटकले जे गरेनी हेर्थेउँ हामी हाँसी

विदेशीको स्वागत गर्थेउँ माला गाँसी गाँसी ।

दुई चार पैसा कमाउथ्यौ, त्यसैमा रमाउथ्यौ

पाहुनाको सन्तुष्टिले इज्जत कमाउँथ्यौ ।

आजभोलि काम छैन दिन काट्नै गाह्रो

पेशा पर्‍यो संकटमा व्यथा पर्‍यो साह्रो ।

के गरि तिर्ने घरभाडा के गरि तिर्ने कर

हिजो अस्ति बोल्ने पनि भए पर पर ।

कति आउँछ यो कोरोना रुप फेरि फेरि

कति कुर्नु अब हाम्ले खाली सडक हेरि ?

साभार: बिमन लिम्बु को फेसबुक बाट

भर्खरै

सम्बन्धित खबर

Language »