सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भेरी अस्पतालका कम्प्युटर अपरेटर १६ लाख घुससहित पक्राउ

काठमाडौं । भेरी अस्पताल, नेपालगन्ज बाँकेका कम्प्युटर अपरेटर अरूणराज खनाल १६ लाख १३ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो।

विभिन्न फर्म तथा पसलेबाट लिएको कमिशन बापतको रकम र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचना एवं उजूरीका आधारमा पक्राउ गरिएको थियो।

उनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

भर्खरै

सम्बन्धित खबर

Language »