सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भेरी अस्पतालका चार कर्मचारी सहित १५ जनालाई भ्रष्टाचारको मुद्दा

नेपालगञ्ज, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पतालका चारजना कर्मचारी सहित १५ जनालाई भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

भेरी अस्पतालमा कार्यरत कम्प्यूटर अपरेटर अरूण राज खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिशन बापतको रकम र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिगएको टोलीले खनाललाई १६ लाख्र लाख १३ हजार ९७५ रुपियाँ स्रोत नखुलेको नगद रकम उनको कार्यकक्षमा राखेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान पुरा गरि बिहिवार घुस लिई÷दिई भ्रष्टाचार गरेको अभियोगमा माग दावी सहित मुद्धा दर्ता गरिएको हो ।

मागदावी गर्दै अख्तियारले अनुसन्धानको सिलसिलामा भेरी अस्पताल, नेपालगंजका लेखा अधिकृत माधव प्रसाद आचार्य, कम्प्युटर अप्रेटर खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सहलेखापाल प्रेम बहादुर खत्री समेतको योजना र मिलेमतोमा भेरी अस्पताल, नेपालगञ्जमा आर्थिक बर्ष ०७६÷०७७ को लागि सेवा प्रदायक फर्म तथा पसलहरूबाट जम्मा १९ लाख १३ हजार ७० रुपियाँ बराबरको नगद र जिन्सी रिसवत एवं कमिशन लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ६ बमोजिमको कसुर गरेको स–प्रमाण पुष्टि भएको दावी गरेको छ । अख्तियारले लेखा अधिकृत आचार्य, कम्प्युटर अपरेटर खनाल, लेखापाल खत्री र सहलेखापाल खत्रीलाई बिगो १९ लाख १३, हजार ७० रुपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय माग गरेको छ ।


साथै भेरी अस्पताल नेपालगन्ज, बाँकेका कम्प्युटर अप्रेटर खनाल, लेखापाल खत्री र सहलेखापाल खत्रीलाई नेपालगञ्जका विभिन्न ११ फर्मका सञ्चालकहरुले घुस उपलब्ध गराएको भन्दै अख्तियारले मुद्धा दायर गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »