सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भेरी अस्पतालको अध्यक्षमा धिताल नियुक्त

नेपालगञ्ज, भेरी अस्पताल बिकास समिति नेपालगञ्जको अध्यक्षमा युवा नेता प्रमोद धिताल नियुक्त हुनुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्री स्तरीय निर्णय गरि धिताललाई तीनवर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गर्नुभएको हो ।

मन्त्रालयले अध्यक्षमा नियुक्त गरेको पत्र बुधबार प्राप्त गरेको धितालले बताउनुभयो । कानुन ब्यवसायी पृष्ठभूमिका धिताल नेकपा एमालेको उपसचिव हुँदै हाल नेकपा बाँकेको कार्यालय सदस्य हुनुहुन्छ ।

विद्यार्थी राजनीति हुदैं करिब चारदशकदेखि कम्युनिष्ट राजनीतिमा क्रियाशिल धिताल मव क्याम्पस नेपालगञ्जका पुर्व स्ववियु सभापति समेत हुनुहुन्छ ।

धितालले अध्यक्षमा नियुक्त भएपछि अस्पतालका सुधारका लागि आफनो तर्फबाट पहल गर्ने बताउनुभएको छ । समितिको सदस्यमा कृष्ण प्रसाद श्रेष्ठ,धनिराम वलि र सरस्वती मल्ल नियुक्त हुनुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »