सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको पुर्व सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईद्धारा भत्र्सना , जो कोही भएपनि कारवाही गर्न माग

नेपालगञ्ज, नेपालगञ्ज स्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरु माथि भएको आक्रमणको जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य एवं सांसद मोहम्मद इस्तियाक राईले खेद ब्यक्त गरेका छन् । भयावह महामारीमा समेत आफ्नो ज्यानको परवाह नगरि दिनरात खटिएका नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्समाथि भएको कुटपिट तथा अमानवीय व्यवहारको कडा शब्दमा निन्दा र भत्र्सना गर्दछु ।


सत्ता र शक्तिको उन्मादमा मात्तिएर डाक्टर र नर्सहरुमाथि गरिएको कुटपिट तथा अमानवीय व्यवहार कुनै पनि हालतमा क्षम्य हुनसक्दैन । राईले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरि अहोरात्र खटिएका डाक्टर, नर्सहरु र स्वास्थ्यकर्मीमाथि आक्रम गर्नु निन्दनिय भएको बताएका छन् ।


‘भयावह महामारीमा समेत आफ्नो ज्यानको परवाह नगरि दिनरात खटिएका नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्समाथि भएको कुटपिट तथा अमानवीय व्यवहारको कडा शब्दमा निन्दा र भत्र्सना गर्दछु । सत्ता र शक्तिको उन्मादमा मात्तिएर डाक्टर र नर्सहरुमाथि गरिएको कुटपिट तथा अमानवीय व्यवहार कुनै पनि हालतमा क्षम्य हुनसक्दैन ।


सत्ताको उन्मादमा यस्ता घट्ना गर्नेहरुलाई अविलम्ब कडा भन्दा कडा कारवाही गर्नुका साथै स्वास्थ्यकर्मीहरुको सुरक्षाको विशेष प्रबन्ध मिलाउन बाँकेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फोन गरेर ध्यानाकर्षण गराऐको छु । स्वास्थ्यकर्मीहरुको माग र आन्दोलनप्रति पुर्ण एकेवद्धता जनाउँदै सांघातिक हमला गर्नेहरुलाई तत्काल कडा कारवाही गर्न माग गर्दछु ।’

भर्खरै

सम्बन्धित खबर

Language »