सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भेरी अस्पताल विकास समितिको अध्यक्षमा सकिल अहमद जसगढ नियुक्त, पदभार पनि ग्रहण


नेपालगन्ज , भेरी अस्पताल विकास समितिको अध्यक्षमा सकिल अहमद जसगढ नियुक्त भएका छन् ।
नेकपा (एकीकृत समाजवादी) का बाँके जिल्ला कमिटी सदस्य जसगढलाई बिहीबार संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले तीन वर्षका लागि नियुक्त गरेको मन्त्रालयको नीति तथा योजना महाशाखाका बरिष्ठ जनस्वास्थ्य प्रशासक डा.गुणनीधि शर्माले जनाएका छन् ।

नवनियुक्त अध्यक्ष जसगढले शुक्रबार पदभार ग्रहण गरेका छन् । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले नवनियुक्त अध्यक्ष जसगढलाई स्वागत गरेका थिए ।

सो अवसरमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अशोक कोइरालाले अस्पताललाई आवश्यक पर्ने उपकरण, जनशक्ति उपलब्ध गराउन स्थानीय तहदेखि केन्द्रसम्म पहल गर्ने बताएका थिए । भेरी अस्पतालमा यसअघि प्रमोद धिताल अध्यक्ष थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »