सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भोको पेट मा अन्न भर्नु हाम्रो धर्म हो :च्याङ्बा तामाङ्ग

बालाजु संरक्षण समिती को पहल मा प्रतेक सनिवार निशुल्क खाना खुवाउने कार्यक्रम कोरोना भाइरस संक्रमण को बृद्धी भइ स्थगित गरिए संगै त्यस क्षेत्रमा रहेर निशुल्क खाना को सेवा लिइ रहेका हरु लाई केहि अफ्ठ्यारो परेको गुनासो आए पछी त्यसै संस्थाका नवनियुक्त कोषाध्यक्ष सानु कान्छा तामाङ (च्याङ्बा )को पहल मा निशुल्क खाना बितरण गरिएको छ ।


पहिलो लकडाउन देखी नै निरन्तर निशुल्क भोजन को ब्यबस्था गर्दै आएकी इन्दीरा राना मगर ले च्याङ्बा लामाको अनुरोध मा बालाजु बिष्णुमती पुल नजिकै को शिव मन्दिर आस्पास बस्दै आएका केहि भोका ब्यक्ती हरु लाई खाना बक्स मा प्याकिङ गरेर त्यही सम्म पुर्याउन ल्याएकी थिइन ।


बिहान उठेर घर को छत बाट यसो पारिपट्टी हेर्दा लस्करै मानिस हरु बसिरहेको देखेर मन थाम्नै नसके पछी साथिहरु संग समाजसेवी मिरा राना मगर को नंबर मागेर फोन गरेको लामा बताउछन ।
सरकारले सबैलाई घर भित्रै बस्न आग्रह गरेको भएपनी पेट खाली भएपछी खाना को खोजी मा मानिस हरु सडक मा निस्किएको उन को तर्क छ ।


लामो समयदेखी त्यस क्षेत्र मा राहत बितरण र निशुल्क भोजन को ब्यबस्थापन मा लागेका च्याङ्बा तामाङ लाई समाज मा आफुले गरेका काम बाट सन्तुष्टी मिलिरहेको भए पनि बेला बेला मा लाग्ने गरेको बिभिन्न आरोप हरुले मन खिन्न बनाएको बताउछन ।

भर्खरै

सम्बन्धित खबर

Language »