सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भोलि देखि दाङमा भलिबल प्रतियोगिता सुरु :गणतान्त्रिक खेलकुद महासंघ

तुलसीपुर । नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा फाल्गुन १५ गतेदेखि दाङको तुलसीपुरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

सबैका लागि खेलकुद,खेलकुदमा बैज्ञानिक नया संरचना र आमूल परिबर्तन भन्ने मुल नाराका साथ दाङमा खुल्ला भलिबल प्रतियोगिता सन्चालन गर्न लागिएको महासंघका केन्द्रीय महासचिव विनोद चन्दले अनखबरलाई बताए ।


नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा यहि फागुन १५ देखि १८ सम्म प्रतियोगिता सन्चालन गर्ने गरि सबै तयारी सकिएको आयोजकले बताएको छ ।


भलिबल प्रतियोगिताको माध्यमबाट नया क्षमता र प्रतिभाहरु प्रस्फुटन हुने एबम खेलकुद बिकासमा प्रतियोगिताले महत्वपुर्ण भुमिका निर्बाह गर्ने उद्देश्य रहेको महासंघका महासचिब चन्दले बताए । प्रतियोगितामा सहभागी प्रतिष्पर्धीलाई दर्ता बापतको शुल्क ५ हजार लिने निर्णय भएको आयोजकले बतायो ।


केही दिन अगाडि घोराहिमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव चन्दले प्रथम हुने समुहलाइ नगद १ लाख सहित शिल्ड मेडल प्रमाणपत्र,दोस्रो हुने समुहलाइ ५० हजार,तेस्रो हुने समुहलाइ २५ हजार र चौथो हुने समुहलाइ १५ हजार रुपैया नगद शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएको छ ।


यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने एक जनालाइ सम्मान स्वरुप ५ हजार प्रदान गरिने छ । उत्कृष्ट स्पाइकर,उत्कृष्ट सेटर,उत्कृष्ट डिफेन्डर र उत्कृष्ट क्विकरलाइ सम्मान स्वरुप ३र३ हजार रुपैयाले सम्मान गरिने महासंघले जनाएको छ । यस्तै प्रतियोगिता तुलसिपुरको अरनिको मैदान हुने छ भने फागुन १५ गते हुने उद्घाटन कार्यक्रममा उपस्थितिका लागि महासंघले सबै खेलप्रेमी जनसमुदायमा अपिल समेत गरेको छ ।

महासंघले यश अगाडि समेत विभिन्न कार्यक्रम गर्दै आईरहेको थियो भने हाल दाङमा कार्यक्रम आयोजना गरिएको अध्यक्ष जयन्द्र चन्दले बताउनुभयो ।फाल्गुन १५ देखि शुरु हुने कार्यक्रमको सम्पुर्ण तयारी सकिएको अध्यक्ष चन्दले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »