सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भोलि नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा सचिवालय बैठक सोमबार बिहान बस्ने भएको छ।

नेकपाभित्रको आन्तरिक विवाद केही मथ्थर भइरहेका बेला सोमबार बिहान साढे ९ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ।

पार्टीभित्रको विवाद समाधानको उपाय सुझाउन शुक्रबार ६ सदस्यीय कार्यदल अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेका थिए।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलको वैधानिकताप्रति वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रश्न उठाएपछि त्यसलाई सचिवालय बैठकबाट अनुमोदन गराउने तयारी गरिएको हो।

भर्खरै

सम्बन्धित खबर

Language »