सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भोलि बिहानदेखि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी

काठमाडौँ। कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले शनिबारदेखि वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्सामा शुक्रवार दिउँसो बसेको बृहत् सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा देखिन थाले पछि स्थानीय प्रशासनले राजनीतिक दल व्यवसायी सहितको सर्वपक्षीय बैठक राखेर निषेधाज्ञाको निर्णय लिएको हो ।

निषेधाज्ञाको समयमा अत्यावश्यक स्वास्थ्य उपचारबाहेक अन्य काममा सर्वसाधरणलाई घर बाहिर निस्कन प्रतिवबन्ध लगाइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार निषेधाज्ञाको समयमा मास टेस्टिङको काम पनि अघि बढाइने छ।

साथै, सुरुमा संक्रमितको सम्पर्कमा आएका मानिसहरुको कन्ट्याक्ट ट्रेसिङ गरि पीसीआर परीक्षण गरिनेछ।

भर्खरै

सम्बन्धित खबर

Language »