सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भोलीदेखि छैटौ अन्तराष्ट्रिय योग दिवस २०७७ लाई सप्ताहव्यापी रुपमा मनाईदै

काठमान्डौ । “घरमा योग,परिवार सँग योग” भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय योग दिवस मनाईने भएको छ । माननीय शिक्षा मन्त्रीद्धारा उद्घाटन गरिने उक्त कार्यक्रममा माननीय स्वास्थ्य मन्त्रीको समेत उपस्थित हुनेछ। सप्ताहव्यापी रुपमा जुम सेमिनार मार्फत जुन २१,२०२० को कार्यक्रम जुन १८,२०२० का दिन मनाइने भएको हो

प्रत्येक दिन विहान र बेलुकाको समय ठीक ६ बजे देखि ८ बजेका विच सम्पन्न गरिने सप्ताहव्यापी कार्यक्रमहरुमा योग,ध्यान विशेष प्रवचन,प्रर्दशन लगायतका प्रस्तुतिहरु रहने आयोजक समितिका सदस्य बालमुकुन्द सुवालले अवगत गराए ।

कोभिड १९ को कारण विश्व अक्रान्त भईरहेको अवस्थालाई मध्य नजर गर्दै सेमिनार मार्फत सप्ताहव्यापी योग दिवसीय कार्यक्रमहरु सञ्चालन गर्न देशभरका योगी,ध्यानी व्यक्तित्वहरु, त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृति विश्वविद्यालय, लुम्बीनी बौद्ध विश्वविद्यालयका प्रतिनिधिहरु, विभिन्न यौगिक संघ संस्थाहरु लगायत सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको प्रतिनिधिहरुको उपस्थित रहने छ। सो कार्यक्रमलाई छिटो र छरितो ढङ्गबाट सम्पन्न गर्न आयोजक समिति मध्ये बाट एक व्यवस्थापन समिति समेत गठन गरिएको छ

नेपाल सरकारद्धारा विगतका वर्षहरुमा झैँ यस वर्षको छैटौ अन्तराष्ट्रिय योग दिवस–२०७७ मूलसमारोह समितिद्धारा जुन २१,२०२० का दिन विहान ठीक ८ बजे देखि १० बजे सम्म आयोजना गरिने अन्तराष्ट्रिय योग दिवस कार्यक्रमलाई पनि भव्य,सभ्य ढङ्गबाट सम्पन्न गर्न अन्तराष्ट्रिय योग दिवस,नेपाल–२०७७,साप्ताहिक कार्यक्रम आयोजक समितिको सक्रिय सहभागीता रहने आयोजक समितिका सदस्य डा क्षितिज बराकोटीले जानाकारी गराए ।


निर्धारित साप्ताहीक कार्यक्रमहरुमा देश विदेशको विभिन्न कुनाहरुमा रहनुहुने सम्पुर्ण योगप्रेमीहरुको सहभागीताको लागि आयोजक समितिका संयोजक स्वनाम साथीले अनुरोध गरेका छन ।

भर्खरै

सम्बन्धित खबर

Language »