सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भ्यालेन्टाइन्स डे विश्व भर मनाउँदै, चित्वनकाे साैराह पर्यकटले भरिभराउ

काठमाडौं । आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे, नेपासहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ ।

हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ ।

विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ । यस दिन युवायुवतीले प्रेमको प्रतीक रातो गुलाबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्दछन् । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा युवायुवतीहरुले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।

पछिल्ला वर्षहरुमा प्रणय दिवसका नाममा विकृति बढ्न थालेको टिप्पणी पनि हुँदै आएको छ ।

प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको बताइन्छ । यो दिवस अहिले विश्वभर चर्चित छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन्स डे मनाउने गरिएको छ ।

पर्यटकीय नगरी सौराहा प्रणय दिवस भ्यालेन्टाइन डे मा आन्तरिक पर्यटकले भरिभराउ भएको छ।

शुक्रबार र शनिबारको बिदा र यसपछिको प्रणय दिवसले सौराहामा आन्तरिक पर्यटकको आगमन उत्साहजनक भएको हो।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन ९रेबान० सौराहाले यही अवसरमा खाद्य महोत्सवको समेत आयोजना गरेको छ। रेबानका निवर्तमान अध्यक्ष गोकर्ण गिरीका अनुसार सौराहाको हात्तीचोकदेखि गैँडाचोकसम्मको ६०० मिटर सडक किनारमा विभिन्न परिकारका कक्ष राखिएका छन्।

दुईदिने महोत्सव आजसम्म जारी रहनेछ। महोत्सवका अवसरमा विभिन्न जातिका सांस्कृतिक पहिचान झल्कने खानाका परिकार राखिएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »