सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भ्रष्टाचार निर्मूल पार्न नेकपा एमाले डुडुवा गाऊँ पालिकामा सतीराम यादवको अध्यक्षतामा युवा संघ गठन


नेपालगन्ज, नेकपा एमाले डुडुवा गाऊँ पालिकाले वडा नं.६ मा ६ वटै वडाका युवाहरुको भेला गरी सती राम यादवको अध्यक्षतामा पालिका स्तरिय युवा संघ गठन गरेको छ ।


वडा नं.६ का नेकपा एमाले वडा कमिटी अध्यक्ष ओरीलाल मौर्यको अध्यक्षता र नेकपा एमालेका केन्द्रीय सदस्य मो.हारुन कादरीको प्रमुख आतिथ्य, नेकपा एमालेका नीरज गुरुङ्ग, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य डिल्ली बि.सी, नेकपा एमाले डुडुवा गाऊँ पालिका अध्यक्ष शकील खाँ, जिल्ला सदस्य जमील खाँ, सत्य नारायण बर्मा, मो.सगीर खाँ, अनेरास्वबियूका महेश बर्मा लगायतको अतिथ्यमा भएको भेलाले उपाध्यक्षमा ओम प्रकाश पुन, सचिव बुधराम जयसवाल, सह–सचिव उमेश सोनकर, कोषाध्यक्ष मनोज कुमार चौधर त्यसै गरी सदस्यमा अर्जुन बर्मा, सब्बीर खाँ, गणेश भण्डारी, शंकर क्षेत्री, रमेश जैसी, मुनव्वर शेष, राजेश खटिक, रंगीलाल यादव, इन्द्र बहादुर थापा, राम पाल गडरिया, प्रकाश मल्ल ओम राज सिजाली लगायत २९ सदस्यीय युवा संघ गठन गरेको हो ।

May be an image of 10 people, people standing, people sitting, outdoors and tree


उक्त भेलालाई सम्बोधन गर्दै सत्य नारायण बर्माले यस गाऊँ पालिकामा भई रहेको पक्षपात, बिभेद, भ्रष्टाचारको अन्त्य गरी शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र बिभेद रहित समुन्नत समाजका लागि नेकपा एमाले सरकारको बिकल्प नभएको दाबी गर्नु भएको छ । यसै गरी हालको स्थानिय सरकार भ्रष्टाचारी रहेको र कुनै पनि कार्य गर्दा जनतालाई नभई आफनो खुट्टा ढोकने मान्छेलाई मात्र सहभागी गराउने गरेको, नीतिगत काम नगरी आफ्नो मनपरी ढंगले काम गर्ने गरेको कारण अब यसको बिरुद्ध एक जुट भई युवाहरु लाग्नु पर्ने भनि डुडुवा गाऊँ पालिका वडा नं.६ का वडा अध्यक्ष मोहन राम मिश्र धारण राख्नु भएको थियो ।

No description available.

गा.बि.स.को बेलामा २० लाख बजेट आउने गथ्र्याे अनि लक्षित वर्गको लागि बजेट बिनियोजन भई उनीहरुको सहभागितामा उनीहरुकै बिकासका लागि खर्चिन्थ्यो हाल २० करोड आउन्दा खोई लक्षित वर्गको लागि बजेट ? खोई उनीहरुको बिकास भएको, हाल मात्र हनुमानहरुको बिकास भई रहेको सबैले देख्न पाउंछन, समुदायको समस्या बुझेर बजेट बिनियोजन हुनु पर्नेमा आफ्नो मन परी ढंगले मात्र जन्ती घर निर्माण भई रहेको देखिन्छ त्यसैले युवाको दायित्व भई रहको भ्रष्टाचार बिरुद्ध लाग्ने हो भनी शकील खाँले भनेका थिए ।

May be an image of 4 people, people standing, people sitting, tree and outdoors


यसै गरी मो.हारुन कादरीले, यो स्थानीय सरकार जनताको लागि होइन, आफ्नो भाई भतिजो, रिस्तेदार, नातेदारलाई पाल्नको लागि हो, खोई सामाजिक बिकास? खोई युवाहरुको बिकास? केही छैन, हाल बनेको २८ दिनको केन्द्रीय सरकार भ्रष्टाचारी बिजय गच्छदारलाई मुक्त गरायो अब २० जनालाई पोल्ने महताब आलमलाई पनि मुक्त गराउन बेर लगाउंदैन भनी कादरीले भनेका हुन । यस्तै डिल्ली बि.सी.ले सम्पूर्ण युवाहरुलाई हाते मालो गरी भ्रष्टाचार बिरुद्ध लाग्न उत्प्रेरित गर्नु भएको थियो ।

May be an image of 5 people, including Haroon Qadri, people sitting, people standing, tree and outdoors
May be an image of 13 people, people sitting, people standing, outdoors and tree

समाजको रुपान्त्रण, परिवर्तन गर्न, भ्रष्टाचार बिरुद्ध कसिएर आवाज उठाई भ्रष्टाचार निर्मूल पार्न युवाहरुको दायित्व हो, त्यसैले यूवाहरुलाई आ–आफ्नो ठाउबाट यस बिरुद्ध लाग्न युवाहरुलाई नीरज गुरुङ्गले आग्रह गर्नु भएको । यसै गरी जमील खाँ, मो.सगीर खाँ र महेश बर्माले आफ्नो धारणा राख्नु भएको थियो ।

May be an image of 13 people, people sitting, people standing, outdoors and tree


डुडुवा गाऊँ पालिकामा भईरहेको भ्रष्टाचार निर्मूल पार्न एउटा मन्दिर मस्जिद बनाउन करोडौ खर्च गर्ने स्थानिय सरकारलाई सामाज बिकासको मूलधारमा ल्याउन, समुन्नत समाज निर्माण गर्नलाई भएको उक्त भेलामा लगभग ३०० जना युवाहरुको उपस्थिती रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »