सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भ्रष्टाचार बिरुद्ध नागरिक अभियानलाई समाजसेवि हरु बाट सहयोग प्राप्त

काठमाण्डौ । लामो समयदेखि भ्रष्टाचार बिरुद्धको अभियानमा सकृय संस्था भ्रष्टाचार बिरुद्ध नागरिक अभियानलाई बिभिन्न दाता  हरुबाट  सहयोग प्राप्त भएको  छ  ।

बुढानिलकण्ठ निवासी समजसेवि सुरेन्द्र हमाल र  रातोपुल निवासी समाजसेवि कुल प्रकाश मास्के बाट सहयोग प्राप्त  भएको हो  ।

सुरेन्द्र हमाल बाट करीब ६ महिना  बराबरको अफिसको बहाल भुक्तानि भएको र  कुल प्रकाश मास्के बाट कार्यलयलाई आवस्यक प्रोटेबल साउण्ड सिस्टम प्राप्त भएको संस्थाका महासचिब  अर्जुन के. सि. ले बताएका छन्  ।

अहिले सम्म संबन्धित सरकारी निकायहरुसंग सहकार्य गरी थुप्रै स्ट्रीङ अप्रेसन हरुमा सफलता हासिल गरे पनि समाजमा अपेक्षित परीवर्तन हुन नसकेकोले अब स्ट्रीङ अप्रेसन संगै जनचेतनामुलक र परीणाममुखि कार्यगर्ने गरी संस्थाले योजना बनाएर लागु गर्न लागीरहेको संस्थाका अध्यक्ष शुदर्शन पौड्यालले  बताएका छन्।

संस्थालाई थुप्रै ब्यक्ति र संस्थाले  सहयोग गर्न चाहेको भएपनि आफुहरुले निस्वार्थ र  भ्रष्टाचार रहित सहयोग मात्र लिने हुँदा दिन्छु भनेको सहयोग  पनि कतिपय समयमा अस्विकार गर्नुपरेको अध्यक्ष पौड्याल ले बताएका  छन्।

सहयोग दाता ठकुरी र मास्के ले  पनि यस्ता  सामाजिक कार्यमा लाग्ने  संस्थालाई सहयोग  गर्न  पाएकोमा  खुसि ब्यक्त  गरेका छन्।  समाजको  रुपान्तरण गर्ने अभियानमा  लामबद्ध भएका  हरुलाई अगाडी बढ्न  प्रेरणा मिलोस  भनेर  यो सहयोग प्रदान गरेको  दाता हरुले  बताएका छन्।

भ्रष्टाचार जन्य  कुनै घटनाभएको जानकारी भएमा तुरुन्तै खबर गरेमा त्यसलाई कार्वाहि प्रकृयामा सहजिकरण गर्ने  उदेश्यले संस्थाले  बसुन्धारा स्थित बसुन्धारा मिनि मार्ट मा सम्पर्क कार्यलय  समेत  सन्चालनमा रहेको जानकारी महासचिब अर्जुन के . सि .ले दिएका छन् ।

गंगालाल हृदय केन्द्र बाँसवारी को भवन निर्माण देखि स्वास्थजन्य सामाग्री खरीद प्रकृयामा भएको  अन्यमितता   ,टोखा  को सार्वजानिक जग्गाको  बिषय स्थानिय सरकार र कर्मचारी ले गरेका  भ्रष्टाचारको बिषय यहि संस्थामार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोग मा दर्ता  भई कार्वाही प्रकृया समेत अगाडी बढिसकेको र अझ यस्ता  धेरै बिषय मा संस्थाले प्रमाण संकलनको कार्य गरीरहेको अध्यक्ष सुदर्शन पौड्याल ले जानकारी दिएका  छन्  ।

 सहयोग हस्तान्तरण कार्यकम मा सारा खबर र आईडीया खबर का  प्रतिनिधि तथा  संस्थाका  आजिवन सदस्य  द्वय डिबि पराजुली र  बालकृष्ण लम्साल  को पनि  उपस्थिति रहेको  थियो  ।

भर्खरै

सम्बन्धित खबर

Language »