सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भ्रष्ट्राचार मुद्धामा दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन हेलाई २० वर्ष जेल सजाय

सोल, दक्षिण कोरिया। दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन हेलाई उच्च अदालतले २० वर्षका लागि जेल सजाय सुनाएको छ । बिहीबार उच्च अदालतले तल्लो अदालतको निर्णयलाई सदर गर्दै १८ बिलियन वन पनि जरिवाना तिर्नुपर्ने निर्णय सुनाएको हो ।

दक्षिण कोरियाकी पहिलो महिला राष्ट्रपति बनेकी उनी भ्रष्टाचारको अभियोग लागेसँगै सन् २०१७ देखि नै जेलमा छिन् । गत जुलाईमा उच्च अदालतले अफ्नो अधिकारको दुरुपयोग गरेको अभियोगमा १५ वर्ष जेल सजाय सुनाएको थियो । सन् २०१९ को डिसेम्बरसम्म भ्रष्टाचार र पदीय दुरुपयोगको दुई वटा मुद्दा चलेको भए पनि उच्च अदालतमा दुवै मुद्दालाई एउटै गाभिएको थियो ।

उनलाई आफ्नो साथी चोइ सुन सिललाई ७७.४ मिलियन वन चोइ फाउन्डेसनमा दिन कोरियाली ठूला कम्पनीहरुलाई बाध्य पारिएको पाइएको थियो । साथै उनले तत्कालीन समयमा सेन्युरी पार्टीमा विभिन्न पदमा मनोनयन गर्दा अवैधानिक तरिकाले हस्तक्षेप गरेको अभियोगमा समेत दुई वर्ष जेल सजाए पाएकी थिइन् ।

कोरियाको विकासका लागि आधार बनाएको भन्दै जस पाउँदै आएका तेस्रा राष्ट्रपति पार्क जङ ह्युईकी छोरी ६८ वर्षीया हेले २२ वर्ष जेल साजाए कटाउँदा ८७ वर्षकी हुने छिन् ।

पदमा वहल हुँदै महाअभियोगबाट निस्कासित हुने उनी पहिलो राष्ट्रपति पनि बनेकी छिन् । कोरियामा यसअघि पनि तीन जना पूर्व राष्ट्रपति भ्रष्टचारको अभियोगमा जेल गइसकेका छन् । हेले आफूले कुनै गल्ती नगरेको बताउँदै आएकी छन् । बिहीबार भएको फैसलामा उनी अदालतामा उपस्थित थिइनन् ।

भर्खरै

सम्बन्धित खबर

Language »