सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भ्रस्ट र दलालहरु लुक्ने सुरुङ्ग खन्दै गर

हेम बहादुर खड्का (राज)

फटाहाहरुलाई हाल्ने कात्रो हातमा बाधी आउ
जालिहरुको घाटि कस्न हामी सङ्गै जाउँ ।

असमानताको सामान्ती त्यो भण्डार फोर्नलाई
लुटिएको जनसपना आफै जोड्नलाई ।

जनताको जनसत्ता संसदवादले खोसेको छ
जनमुक्ति सेनाहरुले जनक्रान्ती रोजेको छ ।

पानीमुनी आकाशमाथी सुन आबाज गुन्जदैछ
तिमले सिमा नाघेकाले जनता आफै ब्युझदैछ ।

भ्रस्ट र दलालहरु लुक्ने सुरुङ्ग खन्दै गर
तिम्रो अन्तिम समय आयो औंला तिमी गन्दै गर ।

भर्खरै

सम्बन्धित खबर

Language »