सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मजुदुर र व्यवसायीका समस्यालाई बजेट मार्फत सम्बोधन गर्न मन्त्रालय सकारात्मक छ : मन्त्री नेपाल

काठमाडौं, -ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल (टान) ले पदयात्रा र पर्यटन क्षेत्रमा देखिएका चुनौतीहरुका बारेमा विमर्श कार्यक्रमको आयोजना गरेको छ ।

वेविनार मार्फत आइतबार आयोजित कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपाल, सचिव डा. सिन्धु ढुङ्गाना, ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुवेदी, टानका पुर्व अध्यक्ष एवम् महासचिवहरु, टान केन्द्रिय समिती एवम् पोखरा टानका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।

सो अवसरमा कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै बागमती प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपालले बजेटको तयारी भैरहदा विचार आदान प्रदान कार्यक्रमले बजेट तर्जुमा, नीति निर्माण र कार्यक्रम पस्कन सघाउ पुग्ने बताए ।

मन्त्री नेपालले कानुनी व्यवस्था, संरचनात्मक व्यवस्था मानव शंसाधन लगायतका प्रतिकुलतामा प्रदेश स्थित मन्त्रालय गुज्रिरहेको बताउदै पर्यटन क्षेत्रको संरक्षण र विकासका लागि प्रदेश सरकार लागि पर्दै आएको जनाए ।

 साथै, उनले आन्तरिक पर्यटनलाई उठाउने, पुर्वाधार निर्माणमा जोड दिने, मजुदुर र व्यवसायीका समस्यालाई बजेट मार्फत सम्बोधन गर्ने प्रयत्न गर्ने उल्लेख गरे । बागमती प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण सचिव डा. सिन्धु ढुङ्गानाले प्रदेश सरकारलाई फाईल प्राप्त भए पनि अन्य स्रोतको कमी रहेको जानकारी दिए ।

असाढमा आउने आर्थिक विधेयक मार्फत नै नविकरण र राहतको बिषयलाई सम्बोधन गर्ने गरि छलफल गरिएको उल्लेख गरे । कार्यक्रममा सभापतिको आसनबाट बोल्दै ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुवेदीले पर्यटन गतिविधीलाई अघि बढाउन नसकिएको अवस्थामा भावी दिनमा यस क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ र प्रदेश सरकारले कस्तो भूमिका खेल्न सक्छ भन्ने बिषय चासोको बिषय रहेको उल्लेख गरे ।

टान अध्यक्ष सुवेदीले प्रदेश सरकारले बिना धितो २५ लाखसम्म सहुलियतपूर्ण ॠण उपलब्ध गराउनुपर्ने, मजदुरका समस्या समाधान गर्नुपर्ने, हात्ती वनमा रहेको प्रदेश पर्यटन कार्यालय मुख्य शहरी भेगमा सार्नु पर्ने, नविकरण गर्ने मिती बढाउनु पर्ने माग अघि सारेका थिए ।

 टानका पुर्व अध्यक्ष रमेश धमलाले थिलोथिलो भएको अवस्थामा प्रदेश सरकारले बिना व्याजमा राज्यको तर्फबाट २ बर्षका लागि उपलब्ध गराउनु पर्नेमा जोड दिए । भारतबाट आउने पर्यटकको ट्रान्जिटका रुपमा नेपालको प्रयोग हुनु दुर्भाग्यपुर्ण रहेको बताउदै स्वास्थ्यको बिषयमा संवेदनशिल बन्न सरकारलाई आग्रह गरे । पर्यटन मजदुरहरुको औषधोपचार र खानपिनको व्यवस्थाको जिम्मेवारी ग्रहण गर्दै अघि बढन पनि सरकारलाई उनले आग्रह समेत गरे ।

 टानका पुर्व अध्यक्ष ज्योती अधिकारीले महामरीको समयमा पर्यटन व्यवसायीहरु निस्कृय बस्नु भनेको देशको लागि र भविस्यमा पनि पर्यटन क्षेत्रको लागि दुर्भाग्यपूर्ण रहने उल्लेख गरे । टानका पुर्व अध्यक्ष जे. बि. सिंहले सवारी पास, नियम आदीमा बेमेल रहेकोले त्यसलाई सच्चाउनुपर्ने माग अघि सारे भने गत बर्षको बजेटमा उल्लेख भए अनुरुप राहत कार्यान्वयन नभएकोमा रोष समेत व्यक्त गरे ।

 टानका पुर्व अध्यक्ष सुमन पाण्डेले प्रदेशको उपादेहता पुस्टि गर्न पनि उद्योग र सरकार बीच समन्वय र सहकार्य हुनुपर्ने धारणा राख्दै परिणाममुखी नतिजाका लागि सरकारमा बस्नेहरुले ठालु मनोब्रित्ती त्याग्नुपर्ने बताए । टानका पुर्व अध्यक्ष दिपक महतले कोभिड महामारीले निम्त्याएको चुनौतीलाई अवसरमा परिणत गर्न पनि सरकारको भूमिका महत्वपूर्ण रहने बताउदै राहतका लागि पर्यटन मजदुरलाई प्राथमिकता दिन र सफ्ट लोनका लागि पहल लिन पनि आग्रह गरे ।

टानकी पुर्व अध्यक्ष यांकिला शेर्पाले महामारीको दोस्रो लहरबाट पार पाइसके पस्चात पनि अनुभवी र दक्ष मजदुरलाई गुमाउनु पर्ने स्थिती आउन सक्ने भन्दै बेलैमा सचेत हुनुपर्ने जनाइन् । टानका पुर्व अध्यक्ष नवराज दाहालले पदयात्राका मजदुरहरु सबै भन्दा बढि समस्यामा रहेको र व्यववसायीले कर भ्याटको सवालमा प्रमुख समस्या रहेको उल्लेख गरे ।

विदेशीहरुलाई ट्रान्जिट तोकिएको होटल चित्त बुझ्दो नभएको पनि उनले बताए । कार्यक्रममा टानका सचिव दामोदर ढकालले धन्यवाद मन्तव्य व्यक्त गर्दै पर्यटन व्यवसाय कोमामा रहेकाले यसलाई जोगाउन सबै मिलेर अघि बढनुपर्नेमा जोड दिए ।

कार्यक्रम टानकी महासचिव सरिता लामाले संचालन गरेको थिईन् ।

भर्खरै

सम्बन्धित खबर

Language »