सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ लका उपप्राध्यापक बर्खास्त

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले स्कुल अफ लका एकजना करार उपप्राध्यापक सुजन पन्तलाई पनि बर्खास्त गरेको छ । मध्यपश्चिम विश्वविद्यालयले नाम भने सार्वजनिक गरेको छैन ।

उपकुलपति प्रा।डा। नन्दबहादुर सिंहले बिएएलएलबीको प्रश्नपत्र आउट गरेको पुष्टि भएपछि एकजना करार उपप्राध्यापकलाई बर्खास्त गरिएको बताए ।

विश्वविद्यालयमा उपकुलपति सिंहले भने, ‘तीन महिना अगाडि पनि प्रश्नपत्र आउट गरेकाले उहाँलाई कारबाही गरेका थियौं । अहिले फेरि दुईवटा प्रश्नपत्र आउट गरेको प्रमाण प्राप्त भएकाले बर्खास्त गर्यौं ।’

पन्त प्रवेश परीक्षाको बेला पनि कारबाहीमा परेका थिए । त्यतिबेला उनले सामाजिक सन्जालमा अब आफू वकालत पेशामै फर्किने लेखेका थिए । विश्वविद्यालयमा जागिरे हुनुअघि उनी निल हिरा समाजमा कार्यरत थिए ।

विश्वविद्यालयले इन्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक एवम् स्थायी उपप्राध्यापक विश्वनाथ यादवलाई पनि बर्खास्त गरेको छ । विद्यार्थीहरुलाई आफूखुसी नम्बर दिएर पास गराएको आरोपमा यादवलाई बर्खास्त गरिएको हो ।

अनुसन्धानको दायरामा आएको दिनदेखि नै दुवैजना निलम्बनमा परेको जानकारी दिंदै उपकुलपति सिंहले भने, ‘अब उहाँहरुले पढाउन पाउनु हुन्न । उहाँहरु यो विश्वविद्यालयबाट विदा लिएर जानुपर्ने हुन्छ ।’

उपकुलपति सिंहले बर्खास्तको यो निर्णयलाई मध्यपश्चिम विश्वविद्यालय सुधार्ने अभियान भएको बताएका छन् । ‘मध्यपश्चिम विश्वविद्यालय सुधार्ने अभियान शुरु भएको छ, हामी यसलाई कुनै हालतमा रोक्दैनौं,’ उनले भने ।

उनले आफूले अपराध नगर्ने र अरुलाई पनि गर्न गर्न नदिने बताए । ‘कर्णालीका जनता, दाजुभाइ दिदीबहिनी, राजनीतिक दलहरु सबैलाई साक्षी राखेर भन्छु, सुध्रिनुको विकल्प छैन,’ उनले भने, ‘हिजो जुन तरिकाले तपाईंले कलेज चलाउनु भाछ, जसरी डिमार्टमेन्ट चलाउनु भाछ, जसरी संकाय चलाउनु भाछ, जसरी विश्वविद्यालयलाई चलाउने प्रयास गर्नुभाछ त्यो चलाउन म दिन्नँ । मैले अपराध गर्दिनँ, कसैलाई गर्न पनि दिन्न ।’

यो कारबाहीमा राजनीतिक गन्ध नभएको जिकीर उनले गरे । उनले भने, ‘यो कारबाही केबल अपराधमा मात्र आधारित छ । सबैलाई आग्रह गर्छु, आज एकजना पर्छ, भोलि अर्को पाटीको पर्ला कुन दिन कुन पार्टीको पर्छ मलाई मतलव छैन ।’

भर्खरै

सम्बन्धित खबर

Language »