सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मध्य भोटेकोसीको पहिलो दिनमै ७० हजार कित्ता आवेदन

सिन्धुपाल्चोकमा निर्माणाधीन मध्य भोटेकोसी जलविद्युत् आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोकका बासिन्दाका लागि निष्कासन गरिएको सेयरका लागि पहिलो दिन मंगलबार ७० हजार २ सय ६० कित्ताका लागि आवेदन परेको छ । २ सय ८१ आवेदकबाट ७० हजार कित्ताभन्दा बढी माग भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको हो ।

०७८ वैशाख २१ देखि सेयर बिक्री सुरु गरिएकोमा कोरोना महामारीका कारण २४ गते बिक्री स्थगन गरी पुनः ५ साउनदेखि खोलिएको हो । कम्पनीले भोटेकोसी गाउँपालिका वडा नं १ र ५ (साबिक लिस्ती गाविस र साबिक मार्मिङ गाविस), बाह्रबिसे नगरपालिका वडा नं ५ र ६ (साबिक गाती गाविस) तथा बाह्रबिसे नगरपालिका वडा नं ७ र ८ (साबिक घुम्थाङ गाविस र साबिक मानेश्वरा गाविस) मा स्थायी बसोवास गर्ने बासिन्दा तथा आयोजनाबाट प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोवास गर्ने बासिन्दासमेतका लागि सेयर आवेदन खोलेको जनाएको छ । ६० लाख कित्ता साधारण सेयरका लागि खुला गरेको आवेदन छिटोमा साउन १७ गते र ढिलोमा साउन ३२ गते बन्द हुने कम्पनीले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »