सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मन्जुवाको पानी दोर्जे डाँडामा, तेमाल बृहत खानेपानी परियोजनामा राजनीति

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ४ बोल्दे(फेदिजे माहुरेमा संचालित मन्जुवा खानेपानी आयोजनाको समुद्घाटन पूर्व युवा तथा खेलकुद मन्त्री, वर्तमान बागमती प्रदेशको सचेतक रत्न ढकालको प्रमुख आतित्थ्यतामा भएको छ ।

तेमाल गाउँपालिका वडा नं. ४ बोल्दे फेदिचेको माहुरेमा २०७२ सालको भुकम्प पछि खानेपानीको मुहानहरु सुकेर त्यहाँका जनताले पानीको विकराल समस्या व्यहोर्नु परिरहेको थियो । २०७३ सालमा एक विदेशी संस्थाको आयोजनामा मन्जुवा खानेपानी तथा सरसफाई मूल उपभोक्ता समिति गठन गरी शुरुवात गरिएको उक्त संस्थाले बिचैमा रोकेपछि खानेपानी आयोजना स्थगित भएको थियो ।

आफ्नो गाउँ ठाउँमा पानीको समस्या समाधान गर्न अग्रसर देखिए कल्लेरीका राजेन्द्र बहादुर लामा

युवा ट्रेकिङ व्यवसायी तथा समाजसेवी राजेन्द्र बहादुर तामाङको विशेष पहलमा बेल्जियम विकास बोर्डको सहयोगमा २०७६ सालमा पूनः शुरु भएको स्थानीय दावा लामाले सारा खबरलाई जानकारी दिनु भएको छ । चैत्र ११ गते शनिबार बेल्जियम विकास बोर्डका उपाध्यक्ष क्यारेल आरेट्स, नेपालको लागि विशेष पहल गर्ने जोसे सुमुल्र्डस्, गई डिर किन्डरेन, अन्नेमिक नेक्स्, न्यान्सि लोट्स काभ्रेको तेमाल गाउँपालिका वडा नं. ४ माहुरेमा पुगेर सम्पन्न भएको खानेपानीको के-कस्तो अवस्था छ त भनि अनुगमन गरेको थियो । वहाँहरुले नपुग थप सहयोगका लागि पनि बचन प्रतिबद्घता जनाएका छन् ।

प्रमुख अतिथि रत्न ढकाल, विशेष अतिथि तेमाल गाउँपालिकाका उपाध्यक्ष दलमान थोकर, कार्यक्रम को-अडिनेटर तथा युवा ट्रेकिङ व्यवसायी राजेन्द्र बहादुर तामाङ र विदेशी पाहुनाहरुलाई नेवारी बाजागाजाका साथ न्यानो स्वागत गरेका थिए ।

२०७५ सालमा तेमालको जनतालाई बृहत तेमाल खानेपानी परियोजनाको पानी वितरण गर्ने बचन प्रतिबद्घता गरेता पनि हालसम्म जनताले पानी पिउन पाउने छाँटकाँट केही देखिएको छैन । आफ्नो राजनीतिक स्वार्थ पुरा नहुँदा तेमाल बृहत खानेपानी परियोजना सम्पन्न हुन नसकेको विशेष सुत्रबाट प्राप्त भएको छ ।

कार्यक्रमको विशेष अतिथि तथा तेमाल गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले जनताको पहिलो आवश्यकतामा सडक परेको हुनाले गाउँपालिकाले सडकको समस्या समाधानका लागि काम गरिरहेको जानकारी गराउनु भयो । उहाँ विभिन्न संघ-संस्थाको पहलमा सम्पन्न भएको आयोजनाहरुले गाउँ सरकारलाई काम गर्न थप प्रोत्साहन मिल्ने दाबी पनि वहाँले गर्नु भएको छ ।

बेल्जियम विकास वोर्डका सदस्य जोसे सुमुल्र्डस्ले खानेपानी परियोजना सम्पन्न भएकोमा खुशी व्यक्त गर्नु भयो । यस्तै गरेर कार्यक्रम को–अडिनेटर तथा युवा ट्रेकिङ व्यवसायी राजेन्द्र बहादुर तामाङले पानी जनताको पहिलो आवश्यकक्ता रहेको र उक्त परियोजना सम्पन्न गराउनका लागि धेरै संघर्ष गर्नु परेको अनुभव सुनाउनुभयो । करिव एक करोड २१ लाख बेल्जियम विकास वोर्डको लगानी र स्थानीयको करिब चालिस लाख श्रमदानमा सम्पन्न भएको यो खानेपानीले अहिले २०९ घर दुरीलाई खानेपानीको समस्या समाधान भएको आयोजनाको सुपरभाइजर दावा लामाले बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेशको सचेतक रत्न ढकालले तेमाल बृहत खानेपानी परियोजना सम्पन्न हुन ढिला भएको स्वीकार गर्नु भएको छ । उहाँले विभिन्न सामाजिक व्यक्तिहरुको पहलमा छोटो समयमा खानेपानीको समस्या समाधान गर्न सकेकोमा खुशी व्यक्त गर्नु भएको थियो । स्थानीय जनताले माग गर्नु भएको विभिन्न परियोजनाहरु पाँच वर्ष भित्रमा जसरी पनि पुरा गर्ने बचन प्रतिबद्घता गर्नु भएको छ । उहाँ भन्नु हुन्छ । “यो खानेपानी आयोजनाले माहुरेको जनताको आवश्यकता पुरा भएको छ । अब हामीले थप विकासका लागि र त्यहाँका जनतालाई आत्मनिर्भर बनाउनका लागि विशेष थप सहयोग गर्नेछौं । अब खानेपानीको साथमा सडकलाई पहिलो प्राथकितामा राखेका छौँ । सडक कालोपत्रे हुन सक्यो भने तेमालको शान छुट्टै हुनेछ । म त्यसको लागि लागि रहेको छु । ”
तेमाल बृहत खानेपानी परियोजनाको परिकल्पना गर्ने मुख्य व्यक्ति अहिले पुनःकाभ्रे जिल्ला क्षेत्र नं. १ बाट संघीय साँसद भएको छ । तेमालको जनताले सुनकोशीको पानी कहिले पिउन पाइन्छ ? भनेर प्रश्न गरिरहँदा उहाँले जनताको माग पुरा कहिले गर्नेछन् त त्यो हेर्नलाई बाँकी नै छ ।

भर्खरै

सम्बन्धित खबर

Language »