सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मन्त्रिपरिषद् बैठक पाँच बजेलाई किन सर्यो त ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण आज (आइतबार) २ बजे बोलाइएको मन्त्रिपरिषदको बैठक साँझ पाँच बजे बस्ने भएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बस्नु अगाडि कोभिड १९ क्राइसिस म्यानेजमेन्ट टिम (सीससएससी)सँग छलफल गर्नुहुने जानकारी गराइएको छ ।

शनिबार (हिजो) बसेको उच्च स्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई एक साता लम्ब्याउन सुझाव दिएको थियो । सोही अनुरुप आजको मन्त्रिपरिषदको बैठकले लकडाउन थप्ने/नथप्ने बारे निर्णय गर्ने जानकारी गराइएको छ ।

यस अगाडि सरकारले घोषणा गरेको लकडाउन बैशाख १५ गते (भोलि) सकिदैछ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »