सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मन्त्रिपरिषद बैठक सम्पन्न,लकडाउनको मोडालिटी तयार पार्ने जिम्मा कोभिड १९ उच्च स्तरीय समितिलाई

काठमाडौं । बिहीबारको मन्त्रिपरिषद् बैठक भर्खरै सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण र यसको प्रभावका विभिन्न पक्षमा छलफल भएको छ।

एक मन्त्रीका अनुसार लामो समयदेखि भइरहेको लकडाउनको मोडालिटी परिवर्तनको विषयमा छलफल भए पनि ठोस निर्णय हुन सकेन्। ‘प्रधानमन्त्रीले केही दिन अहिलेकै अवस्थालाई निरन्तरता दिनुपर्छ भन्नुभयो’, ति मन्त्रीले भने, ‘मोडालिटिका विषयमा भने विभिन्न कोणबाट छलफल भएको छ। ’

यो सँगै लकडाउन खुकुलो पार्ने मोडालिटी दुई दिनभित्र पेश गर्न कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई जिम्मा दिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुल्ने मोडालिटीसहितको कार्ययोजना पेश गर्न उच्च स्तरीय समितिलाई जिम्मा दिने निर्णय गरेको छ।

केही दिनयता व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न दिन माग गर्दै नदिए अवज्ञा गर्ने चेतावनी दिएपछि यस विषयमा मन्त्रिपरिषद बैठकमा छलफल भएको हो ।
बैठकमा मन्त्रीहरुले लकडाउन खुकुलो पार्नुपर्ने कुरा राखेपछि प्रधानमन्त्रीले अबको एक दुई दिनमा यस विषयमा निर्णय गर्नुपर्ने धारणा राखेका हुन्।

सरकारले चैत ११ गते एक साताका लागि सुरु गरेको लकडाउन थप गर्दै ७० दिन भन्दा बढी पुर्‍याइसकेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »