सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मन्त्री खतिवडाको विशेष पहलपछि टेकु अस्पातालमा निशुल्क उपचार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको विशेष निर्देशन पछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको इमरजेन्सी सेवा निशुल्क हुने भएको छ ।

नेपालको संविधानमा स्वास्थ्यको हकलाई मौलिक हकका रुपमा उल्लेख गरेसंगैं सबै सरकारी अस्पतालबाट निशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्य अन्तर्गत पहिलो चरणमा टेकुबाट यो अभियान सुरु गर्न लागिएको हो ।

कोरोना भाइरसको तेस्रो लहरले हुनसक्ने संभावित जोखिम समेतलाई मध्यनजर गर्दै जनताको स्वास्थ्यको हक सुनिश्चित गर्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले यही मंसिर १९ गतेदेखि यो व्यवस्था लागु गर्न लागेको हो ।

निर्देशकका रुपमा डा. मनिषा रावलले जिम्मेवारी सम्हालेसंगैं मन्त्री खतिवडाको विशेष चासो र निर्देशनपछि यो व्यवस्था गर्न लागिएको हो । यसका लागि आवश्यक सहजीकरण र व्यवस्थापनमा मन्त्रालयले नै सहयोग गर्ने भएको छ । अस्पतालका तर्फबाट निर्देशक डा. रावलले मंरसिर १५ गते नै पत्र लेखेर अवगत गराइसक्नु भएको छ । सो अस्पतालमा इमरजेन्सी विभागमा आएका विरामीहरुको पछिल्लो २४ घण्टा भित्र हुने परिक्षण र उपचार शुल्क देखि टिकट सम्म सबै निशुल्क हुने व्यववस्था गरिएको हो । निशुल्क अन्तर्गत रगत परिक्षण, एक्सरे, इसीजी, टिकट लगायतका सुविधा र २४ घण्टा भित्रको परिक्षण सुविधा र लाग्ने औषधी समेत रहेको मन्त्रीको सचिवालयले जनाएको छ । ‘सिवीसी, आरबीएस, युरीया क्रियटीभ, सोडीयम, पोटासियम, युरीन आरएमइ, स्टुल आरएमइ , एक्सरे चेस्ट, इसीजी, ब्लड ग्रुपीङ, सिटी लगायत रहेका छन् । ‘यो व्यवस्थाले जनमुखी सरकारको प्रत्याभुती दिने र नेपाल सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुने’ मन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिनुभयो । आगामी दिनमा अन्य सरकारी अस्पतालहरुमा समेत यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनेबारे पहल भैरहेको उहाँले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »