सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मन्त्री मण्डल पुनर्गठन को संकेत : पुर्व माओवादी बाट को को बाहिरिए अब कस्को इन्ट्री

  नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि मन्त्रीपरिषद् पुर्नगठनको विषयमा लामो छलफल भएको छ । पटक पटकको छलफल निष्कर्षमा नपुगेपछि आजको छलफलमा प्रचण्ड फरक ढंगबाट प्रस्तुत भएका थिए । मन्त्रिपरिषद् पुर्नगठनको विषयलाई लिएर पूर्व माओवादी खेमामा प्रम ओली खेल्न थालेपछि आज प्रचण्डले पूर्वमाओवादीतर्फबाट मन्त्री बनाउने नेताको लिष्ट ओलीलाई बुझाएको स्रोतले बतायो ।


वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री ओलीको छायाँ बनेर उनकै कुरामा सही थप्ने काम नगर्न चेतावनी दिएपछि प्रचण्ड आजको भेटमा ओलीसँग कडा रूपमा प्रस्तुत भएका थिए । ‘पटक पटकको भेटमा कुनै सहमति हुन नसक्दा नेता कार्यकर्तामा गलत सन्देश जाने भयो । पूर्वमाओवादीतर्फबाट मन्त्री बन्ने नेताहरुको नाम म दिन्छु । माधव र झलनाथ खनालसँग समन्वयन गरेर पूर्वएमालेबाट मन्त्री बनाउने नेताहरूको नाम फाइनल गर्नुहोस् । मन्त्रीमण्डल पुनर्गठनलाई अब धेरै नलम्ब्याऔं’ प्रचण्डले ओलीलाई आजको भेटमा भनेका थिए ।

ओलीले भने ‘पुनर्गठन दशैंपछि गराैं’ भन्दै हाललाई खाली ३ मन्त्रालयमा ३ मन्त्री थपेर अगाडि बढ्ने प्रस्ताव दोहोर्याएका थिए । तर प्रचण्डले सो प्रस्ताव इन्कार गर्दै पूर्वमाओवादीका तर्फबाट मन्त्री बन्ने ८ नेताको लिस्ट नै ओलीलाई बुझाएका थिए ।


मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यका लागि आज छलफलमा जुटेका नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ८ नयाँ मन्त्रीको नाम फाइनल भएको बताइएको छ । प्रम ओलीले दशैंपछिमात्रै मन्त्रिमण्डल पुनर्गठन गर्ने बताए पनि प्रचण्डले भने पुनर्गठनमा ढिलाई गर्न नहुने भन्दै आफ्नो तर्फबाट ८ जना मन्त्री बनाउने नेताको नाम बुझाएको स्रोतको दाबी छ । प्रचण्डले गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन र खानेपानी मन्त्री बिना मगरलाई मन्त्रीमा कायम राखी पूर्वएमाओवादीतर्फका अन्य नेतालाई सरकारबाट फिर्ता बोलाउन पनि आग्रह गरेको बताइन्छ ।
प्रचण्डले ओलीलाई बुझाएको पूर्वमाओवादीको तर्फबाट ८ नेतामा देव गुरुङ, पम्फा भुषाल, जनार्दन शर्मा, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, मातृका यादव, टोपबहादुर रायमाझी र प्रभू साह अटाएका छन् । नयाँ ८ र पुराना ३ गरी पूर्वमाओवादीका तर्फका ११ जना मन्त्री बन्ने भएका छन् भने पुर्व एमालेबाट १३ मन्त्री रहने भएका छन् । यससँगै मन्त्रालयको संख्या प्रधानमन्त्रीको कार्यलयबाहेक २४ वटा बनाइने भएको छ ।


पूर्वएमालेको तर्फबाट अर्थमन्त्रीमा महासचिव विष्णु पौडेलबाहेक अन्यको टुंगो लागेको छैन । वरिष्ठ नेताद्वय खनाल र नेपाल भोलि प्रधानमन्त्री ओलीसँग छलफलमा बसेर नयाँ मन्त्री छान्ने तयारीमा छन् । प्रचण्ड र नेपाल समूह दशैं अगाडि नै मन्त्रीपरिषद् पुर्नगठनको लागि प्रधानमन्त्री ओलीलाई दवाव दिने तयारीमा छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »