सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मलेसियन एयरलाइन्सले सार्वजनिक गर्यो आफ्नो उडान तालिका

काठमाडौं / ९ असार

मलेसियन एयरलाइन्सले आगामी जुलाई ८ तारिकदेखि अक्टुबर २४ तारिकसम्मको काठमाडौं–क्वालालम्पुर उडान तालिका सार्वजनिक गरेको छ ।

नेपाल सरकारलेको अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिवन्ध फुकुवा नगर्दै मलेसियन एयरलाइन्सले करिब ४ महिनाको उडान तालिका सार्वजनिक गरेको हो ।

उक्त एयरले जुलाई महिनामा क्वालालम्पुरबाट काठमाडौंका लागि ७ वटा, अगस्ट महिनामा १४, सेप्टेम्बर महिनामा १८ र अक्टुबर महिनामा १४ वटा उडान हुने जनाएको छ । त्यसैगरी काठमाडौंबाट क्वालालम्पुर पनि त्यति नै फ्लाईट हुने जनाएको छ ।

नेपालसहित मलेसियन एयरलाइन्सले क्वालालम्पुर–ढाका, ढाका–क्वालालम्पुर, क्वालालम्पुर–कोलम्बो, कोलम्बो–क्वालालम्पुर, क्वालालम्पुर–चेन्नई, चेन्नई–क्वालालम्पुर, क्वालालम्पुर–बेंगलोर, बेंगलोर–क्वालालम्पुर, हैदरवाद–क्वालालम्पुर, क्वालालम्पुर–हैदरावादका साथै भारतका अन्य विभिन्न शहरका लागि पनि सोही मितिमा फ्लाइट तालिका सार्वजनिक गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »