सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मलेसियाबाट एउटै जहाजमा १६ शव ल्याइयो

काठमाडौँ । मलेसियाबाट आएको एउटै उडानबाट १६ शव ल्याइएको छ।

लामो समयदेखि अड्किएका नेपालीको शव ल्याइएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।

मलेसियाबाट घर फर्कने नेपाली लिन गएको नेपाल एअरलान्सको चार्टर्ड जहाजले २ सय ६२ जना यात्रु र १६ वटा शव ल्याएको हो ।

बिहीबार साउदी अरबबाट ६ शव आएका थिए।

आजै मलेसियाबाट फर्किएको हिमालय एयरलाइन्सको जहाजबाट भने १५६ जना यात्रुमात्र आएका थिए।

सरकारले भदौ १६ गतेदेखि नियमित उडान खोल्ने भनेर घोषणा गरेको छ भने हाल चार्टर्ड उडानको अनुमति दिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »