सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मस्जिदकाे शिलान्यासमा डुडुवा गाउँपालिकाका नरेन्द्र चाैधरीले दिए १ लाख १ हजार


नेपालगञ्ज,बाँकेकाे डुडुवा गाउँपालिका वडा नम्बर ३ (हलबलडाेली)मा मस्जिदकाे शिलान्यास गरिएको छ ।
सयाै वर्ष पुरानाे मस्जिदलाई भदाै २७ गते शुक्रवार सहिद गरिएकाे थियाे । साे मस्जिद नयाँ आधुनिक तरिकाले निर्माण गर्नलाई आज शिलान्यास गरिएको छ ।


शनिबार मुस्लिम धर्मगुरु बिलग्राम शरीफ उत्तर प्रदेश भारतबाट पाल्नु भएका आले नबि सैय्यद हजरत सईद मियाँज्यूले एक कार्यक्रमका बीच आयशा मस्जिदको शिलान्यास गरेका हुन् ।


सयाै वर्ष पुरानाे हलबलडाेली मस्जिद नामले परिचित साे मस्जिदकाे हाल मस्जिद आयशा नामाकरण गरिएकाे कुरा मस्जिदका सचिव अहमद अली खाँले बताउनु भएकाे छ ।


मुस्लिम बाहुल्यता रहेकाे साे गाउँमा लगभग १ सय ५० घरधुरी रहेकाे कुरा राजनीतिज्ञ तथा समाजसेवी बदरुद्दुजा खाँले मुस्लिमहरुको धार्मिक स्थल आयशा मस्जिदको शिलान्यास गरिएको मुस्लिम अगुवा खाँले बताएका छन् ।


शिलान्यास कार्यक्रममा पूर्व शहरी विकास मन्त्री एवम लुम्बनि प्रदेश बाँके क्षेत्र नम्बर २ का संघिय सांसद माेहम्मद इस्तियाक राई, प्रदेश नम्बर ५ प्रदेश सभा सांसद माननीय याकुब अन्सारी, डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चाैधरी, डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानाे, मुस्लिम अगुवा पूर्व साँसद हाजी अब्दुल हमीद सिद्दीकी (भाेला), मुस्लिम धर्मगुरुहरू मुफ्ती कैफुलवरा, माैलाना समिउल्ला, हाफिज शाकिर, माैलाना रमजान, कारी मुसीर, माैलाना यार माेहम्मद, माैलाना शकिल, कारी इमरान, कारी अहमद रजा लगायत पत्रकारका साथै सामाजिक अगुवा, वयाेवृद्ध समाजसेवीहरुकाे विशेष उपस्थिति रहेकाे थियो ।


मस्जिदलाई भव्य बनाउन डुडुवा गाउँपालिकका प्रमुख नरेन्द्र चाैधरीले १ लाख १ हजार, डुडुवा गाउँपालिका उपप्रमुख शाहिदा बानाे शाहले ६१ हजार, पूर्व मन्त्री माेहम्मद इस्तियाक राईले ५१ हजार, मेराज अहमद हिमालय, शकील कादरी, शकिल खाँ, लगायत विभिन्न व्यक्तित्वहरुले नगद दान पनि गरेका थिए ।


याे मस्जिदकाे शिलान्यासले छिटाे नै पूर्णता पाउनेमा हामी ढुक्क छाै, आउने दिनमा नमाज पढ्नलाई सहजता हुने कुरा शिलान्यास कार्यक्रममा सहभागीहरुले बताएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »