सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

महरा प्रतिनिधिसभा बैठकमा सहभागी हुने बाटो खुल्यो

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रतिनिधिसभा बैठकमा सहभागी हुने बाटो खुलेको छ ।

संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि महराले १४ असोजमा राजीनामा दिएका थिए ।

१९ असोजमा पक्राउ परेका उनले सोमबार सफाइ पाएका छन् । लगत्तै डिल्लीबजार कारागारबाट सोमबार उनी छुटेका थिए ।

काठमाडौं जिल्ला अदालतले महराले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ पाएको जानकारी संसद् सचिवालयमा पठाएको थियो ।

जिल्ला अदालतको पत्र वाचन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले महराले जबरजस्ती करणी मुद्दामा सफाइ पाएको मंगलबार संसद बैठकलाई जानकारी गराए । योसँगै महराले प्रतिनिधिसभा बैठकमा सहभागी हुन पाउने बाटो खुलेको हो ।

अब महराले सांसदको हैसियतमा प्राप्त गर्दै आएको र बलात्कार प्रयासको आरोप लागेसँगै रोकिएको सबै सेवा सुविधा प्राप्त गर्नेछन् ।

भर्खरै

सम्बन्धित खबर

Language »