सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

महानगरीय प्रहरी वृत्त कीर्तिपुरको गाडी दुर्घटना हुँदा सात प्रहरी घाइते

काठमाडौं । महानगरीय प्रहरी वृत्त कीर्तिपुरको गाडी दुर्घटनामा परेको छ ।

ड्यूटी सिफ्टका लागि पाँगाबाट सुन्दरीघाटतर्फ जाँदै गरेको भ्यान कीर्तिपुर नगरपालिका–६ चोभारगेट नजिकै दुर्घटनामा परेको हो ।

वृत्तका प्रहरीका अनुसार बा १ झ ८०६४ नम्बरको भ्यानमा ११ जना सवार थिए । जसमध्ये सात जना घाइते भएका महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।

ड्यूटीका लागि पिक एण्ड ड्रप गर्ने गाडी ड्यूटी सिफ्ट गर्न हिडेको प्रहरीको गाडीको ब्रेक फेल भएर दुर्घटनामा परेको महानगरीय प्रहरी बृत्त कीर्तिपुरका प्रहरी निरीक्षक सुशील केसीले बताए ।

उक्त दुर्घटनामा प्रहरी जवानहरू भुपेन्द्र कुमार सिंङ, दिनेस चौधरी,कमल चौधरी धनबहादुर बोहोरा, राजकुमार शाह, इन्द्रदेव जोशी र अर्जुन सिङ घाइते भएका हुन् ।

घाइते मध्य पाँच जनाको उपचारपछि डिस्चार्ज गरिएको छ, भने दुई जनाको अस्पतालमा उपचार भइरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »